News Category 2072/06/15

सप्तरीको छुट्टाछुट्टै घटनामा परी एकै दिन पाँचको मृत्यु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १४ असोज । 
सप्तरीको विभिन्न छुटाछुटै स्थानमा बिहिबार भएको घटनामा पाँच जनाको मृत्यु भएको छ । 
जिल्लाको सप्तरी कन्चनरुप नगरपालिका वडा नं. ४ बस्ने बिष्णु खंगको ३ वर्षिय छोरा आकास खंग र सोही ठाउँका दुःखीलाल खंगको २ वर्षिय छोरा रामहरि खंगको घरबाट नजिकै रहेको त्रियुगा नदिमा खेल्दै जाने क्रममा डुबेर घाईते भएका थिए । 
घाईते भई दुबैलाई उपचारको लागी धर्मेश्वर अस्पताल ठेलियामा लगिएकोमा आकासको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ त्यस्तै डुबेर घाईते रामहरिलाई थप उपचारको लागी धरान घोपा पठाईएको प्रहरीले जनाएको छ । 
त्यसैगरी सप्तरीको सप्तकोशी नगरपालिका वडा नंं. ६ बस्ने ३५ बर्षिय सन्तलाल चौधरीको त्रियुगा नदीमा डुबेर मृत्यु भएको छ । चौधरी गत्त असोज ८ गते घरबाट टाढा रहेको धानको खेतमा धान रुग्न गएकोमा सोही दिनबाट बेपत्ता भएको तथा बिहिबार दिउँसो त्रियुगा नदिको किनारामा वेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव सडी गलेको अवस्थामा फेला परेकोे तथा उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । 
यसैगरी सप्तरीको नर्घो  गाविस २, बस्ने पानालाल यादवको छोरी २१ वर्षीय रेणु कुमारी यादव माईती घरको दलिनमा सलको पासो लगाई झुण्डी आत्महत्या गरेकी छिन । सो घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
त्यसैगरी सप्तरीकै मधुपट्टी गाविस ६ स्थित कदमाहा गाईघाट सडक खण्डमा सोही ठाउँका ५० वर्षीय असर्फि पासवानको साईकलमा आउदै गरेको अवस्थामा साईकलबाट लडेर मृत्यु भएको छ । प्रचण्ड गर्मीका कारण अचानक लडेर पासवानको मृत्यु भएको प्रहरीको अनुमान रहको छ । यसैबिच मृतकको शवलाई पोष्टमार्टमका लागि लहानस्थित रामप्रसाद उमादेवी स्मारक अस्पताल लगिएको तथा घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी जिल्लाको पकरी गाविसमा बिहिबार बिहान रुखमा झुन्डिएर एक महिलाले आत्महत्या गरेकी छिन् । आत्महत्या गर्नेमा सप्तरीको पकरी गाविस २ निवासी श्यामकुमार सरदारकी ४० वर्षीया श्रीमती कमलीदेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कमलीले आत्महत्या गर्नुको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान गरिरहेकोे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नारायण प्रसाद चिमरियाले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट