News Category 2072/06/15

जनकपुरमा ८ वटा शव भेटिए

दैनिक समाचारदाता

दैनिक संवाददाता
जनकपुर, १४ असोज ।
जनकपुरमा बिहीबार ८ वटा शव भेटिएका छ । रिक्साबाट गाड्न लगिएको ती शवहरु मानव साङ्लो कार्यक्रममा सहभागि हुन गएकाहरुलाई भेटेको हो ।
जनकपुर उपमहानगरपालिका २२ स्थिात विस्पिट्टीको हुलाकी सडकको दक्षिणी छेउमा जनकपुरमा सरसफाई गर्ने मेस्तर अक्षय डुम, रिक्साबाला श्याम सहनी र अन्य एक जनागरी तीन जना पोलोथिन र त्रिपालमा वेरेको सडेको तीन वटा शव स्थानीयले देखेपछि उनीहरुलाई नियन्त्रणमा लिएका थिए । 
खोजविन गर्दा सोही ठाउँको खोल्सीमा अन्य गाडिएको शवहरु र मानवकंकालहरु समेत फेला परेपछि सनसनी फैलिएको छ । 
यता जनकपुर अंचल अस्पतालका मेसु संजय ठाकुरले सो शवहरु गएको असोज १० गते धनुषाको क्षिरेश्वर नगरपालिका ९ महेन्द्रनगरमा फेला परेको अन्दाजी ६५ वर्षीय एक महिलाको वेवारिसे शव, गएको १२ गते जनकपुर उपमहानगरपालिका १ स्थित फेलापरेको एक ६० वर्षीय वृद्धको शव र धनुषाको वफैमा ९ गते फेला परेको अन्दाजी ७० वर्षका वृद्धको शव जिल्ला प्रहरी कार्यालय धनुषाले अस्पतालमा पोष्र्टमाटमका लागि जिम्मा लगाएको बताउनुभयो । 
एक साता अघि पनि अंचल अस्पतालले केहि शवहरु व्यवस्थापनको लागि पठाएको जनाएको छ । सो स्थानमा शव जलाउने र व्यवस्थापन गर्ने असमसानघाट रहेको छ । अन्य शवको विषयमा छानविन भईहेको छ ।   
बेबारिसे शवहरुलाई पोष्टमार्टम गरी अस्पतालले जिल्ला प्रहरी कार्यालय धनुषालाई जानकारी गराएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले शव व्यवस्थापनको नगरपालिका कार्यालयलाई पत्र काटेपछि सो शव व्यवस्थापनको लागि मेस्तरलाई जिम्मा दिएको जानकारी प्राप्त भएको छ । तर, अरु गाडिएको शवहरु एउटै खाल्डोमा दुई वटाभन्दा बढी फेलापरेकोले विभिन्न संका उपशंका छाएको छ ।
सो ठाउँमा अहिलेसम्म अन्य पाँच गरी ८ वटा शव फेला परेको छ । मानवअधिकारकर्मी, पत्रकार एवं स्थानीयहरुको शव उत्खन्न कार्य जारी छ । अन्य खाल्डोहररुमा पुरिएको शव उत्खनन गर्ने कार्य जारी छ । त्यहाँ मानवकंकालहरु र मानवको ८ भन्दा बढी खप्परहरु भेटिएको छ । अन्य व्यक्तिहरुको शव कहाँको छ भनेर अनुसन्धान शुरु भएको छ ।
शव भेटिए लगतै शनशनी फैलिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार साँझै पत्रकार जिल्लाको विभिन्न स्थााबाट फेला परेको तीन बेबारिसे शव पोष्टमार्टम पश्चात व्यवस्थापनको लागि सो स्थानमा लगिएको जनाएको छ । त्यस्तै केहि साता अघि पनि तीन वटा बेवारिशे शव सोही स्थानमा व्यवस्थापन गरेको प्रहरी उपरीक्षक गणेश बहादुर थापाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
यता गत भदौ २५ गते जनकपुरमा कर्फयु लागेको बेला आन्दोलनको क्रममा वेपता भएका जनकपुर उपमहानगरपालिका १२ हनुमाननगरका १७ वर्षीय मनोज यादवका परिवार शोकमा डुवेका छन् । रामसागर यादवका छोरा मनोज आन्दोलनको क्रमा वेपत्ता भएको १९ दिनभएपनि नभेटिएकाले शव भेटेपछि उनका दिदी जिवछीदेवी अचेत परेकी छन् । त्यस्तै धनुषा घोडघासका नगिन्द्र सहनीका १४ वर्षीय छोरा वर्षका पुन्देव गएको चैत्रमा वेपता भएका थिए । अहिलेसम्म कतै नभेटिएको र शव भेट्न थालेपछि उनका बुबा नगिन्द्र सहनी पनि चिन्तामा परेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट