News Category 2072/06/16

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १५ असोज । 
सप्तरीमा भएको छुट्टाछुट्टै घटना र दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ । 
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कंचनरुप नगरपालिकामा बिहीबारराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 
स ५ प ३८५७ नम्बरको मोटरसाइकल रोकि राखेको ठेलासँग मोटरसाइकल ठोक्किंदा सप्तरीको पोर्ताहा गाविस ५ निवासी बाल कृष्ण रायको मृत्यु भएको हो । यता मोटरसाइकलमा सवार अन्य दुई जना तथा ठेला चालक गम्भिर छन् । रायको उपचारको क्रममा धर्मेश्वर अस्पताल ठेलियामा बिहिबार राती मृत्यु भएको हो । 
दुर्घटनामा सोही मोटरसाइकल पछाडी सवार रहेका पोर्ताहा गाविस १ निवासी ३५ वर्षिय बिरेन्द्र राय, ४४ वर्षिय जय प्रकाश राय तथा ठेलाचालक सप्तरी भारदह ५ बस्ने ५५ वर्षिय श्रीप्रसाद मण्डल गम्भिर घाइते भएका छन् । उनीहरुको धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट