News Category 2072/06/16

शंख फुकेर घण्टी बजाएर बिरोध

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १५ असोज । 
मधेशमा जारी आन्दोलनको शुक्रबार ४९ औं दिन शुक्रबार राजविराजमा बृहत शंख, घण्टी सहितको बिरोध जुलुस प्रदर्शन गरिएको छ । 
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको बृहत शंख, घण्टी सहितको बिरोध जुलस प्रदर्शन गरेको हो । सरकारलाई मधेशको जनता अब आन्दोलनको विगुल फुकीसकेको बताउँदै शंख फुकेर बिरोध जनाएका छन । 
शंख सहितको बिरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । आन्दोलन परिचालन समितिका संयोजक लक्ष्मण यादवद्वारा संचालित सो बिरोध सभामा सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, तराई मधेश लोकतान्त्रिक पार्टीका वौवा लाल शर्मा, फोरम गणतान्त्रित्रका जिल्ला अध्यक्ष नरेन्द्र यादव, नेकपा–माओवादीका रामगमन साह, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका साबित्री पण्डित सहितका बक्ताहरुले अबको आन्दोलन निर्णायक आन्दोलन रहेको जनाउँदै शंख फुकेर सरकारलाई आन्दोलनको बिगुल फुकेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट