News Category 2072/06/18

संघीय मधेशी मोर्चाद्वारा जारि आन्दोलनलाई निरन्तरता दिँदै थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १७ असोज । 
संघीय मधेशी मोर्चाले जारि आन्दोलनलाई निरन्तरता दिँदै थप आन्दोलनका कार्यक्रमहरु आइतबार सार्वजनिक गरेको छ । 
सार्वजनिक गरिएको कार्यक्रमहरुमा मधेशमा जारी आन्दोलनको समर्थन र नेपालमा जारी गरिएको संबिधानमा मधेशी अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघको समर्थन र सहयोगको लागि एक हप्ते हस्ताक्षर अभियान संचालन गर्ने भएको छ । कार्यक्रम मधेशका प्रमुख शहर, नगर, गाँउ, टोल, बजार, चौक चौराहामा गर्ने तथा मधेश बाहिर मधेशी समुदायको उपस्थिति रहेको स्थानहरुमा समेत संचालन गर्ने जनाइएको छ । 
जारी आन्दोलनको पक्षमा जनमत सिद्ध गर्दै मधेशको पहिचान र अधिकारको समर्थनमा संकलन गरिने न्यूनतम ४० लाख हस्ताक्षर नेपाल स्थित संयुक्त राष्ट्र संघको आवासिय प्रतिनिधिमार्फत संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनलाई पठाईने जनाइएको । सो कार्यक्रममा नेपालस्थित सबै कुटनीतिक नियोग प्रमुख÷प्रतिनिधिको समुपस्थितिको लागी आग्रह गरिनेछ उल्लेख छ ।
यस्तै  सोमवार साँझ ६ः३० बजे कैण्डल मार्च (मैनबत्ती यात्रा) मधेश आन्दोलन क्रममा शहादत प्राप्त गरेका वीर शहीदहरुको आत्माको चीरशान्तिका लागि मधेशका प्रमुख शहर, नगर, गाँउ, टोल, बजार र चौक चौराहाहरुमा एकै चोटी एकै समयमा प्रदर्शन गर्ने, बुधवार विहान  ११ः०० बजे थाल ठटाउने कार्यक्रम  गर्ने जनाइएको छ । 
यसैगरि नाकाबन्दीले पहाड र हिमाल मात्र होइन, ५४ दिनको बन्दले मधेश पनी खाली र पीडित छ, मधेशीलाई पनी पीडा छ तर अधिकारको लागी भोकभोकै लडन तैयार छौं भनी सन्देश दिन मधेशका प्रमुख शहर, नगर, गाँउ, टोल, बजार र चौक चौराहाहरुमा एकै चोटी, एकै समय, एकैसाथ थाल ठटाउने कार्यक्रम गर्ने उल्लेख छ । 
यस्तै शुक्रवार दिउँसो ११ बजे पुरुषहरुको अद्र्धनग्न जुलुस सरकार, सत्ता पक्ष र तीन दल (नेपाली कांग्रेस, नेकपा (एमाले) तथा एनेकपा (माओवादी) द्वारा मधेश आन्दोलनको बिरुद्धमा भईरहेको नाङ्गो नाचको विरोधमा मधेशी पुरुषहरुको अर्धनग्न जुलुस मधेशका प्रमुख शहर, नगर, गाँउ, टोल, बजार र चौक चौराहाहरुमा समेत एकैसाथ गर्ने जनाइएको छ । 
मोर्चामा आवद्ध नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झा, लोक दलका अध्यक्ष कौशल कुमार सिंह, बहुजन समाज पार्टी, नेपालका अध्यक्ष गंगा महरा, लोकतान्त्रिक पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र यादव र  नेपाल समाजबादी पार्टी (लोहियावादी) का अध्यक्ष नन्दन यादवद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा सो कार्यक्रम गरिने जनाइएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट