News Category 2072/06/18

ट्रकसहित सुपारी र अलौची प्रहरी नियन्त्रणमा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १७ असोज । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले भारततर्फ अवैध तरिकाबाट लैजादै गरेको ट्रकसहित सुपारी र अलौची नियन्त्रणमा लिएको छ । 
राजविराज नगरपालिका १ स्थित को १ ख ३३५४ नंं.को ट्रकमा सुपारी र अलैची सिरहारोड हुदै दक्षिण भारतिय बोर्डरतर्फ लैजादै गरेको अवस्थामा शनिबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
गोप्य सूचनाको आधारमा आधारमा सो ट्रकलाई राजविराज १ स्थित बजार एरियाबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा ४३०९ किलो सुपारी र १२० किलो अलैची फेला परेको जनाएको छ ।
नियन्त्रणमा लिएको ट्रक र चालक ईसरलाल सरदारसहित सुपारी तथा अलौची आवश्यक कारवाहीको लागी पूर्वाञ्चल क्षेत्रिय राजस्व कार्यालय ईटहरी पठाईएको जिलला प्हरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट