News Category 2072/06/19

आन्दोलनकारीको मागप्रति वर्तमान सरकार मौन रहेको भन्दै तिर धनुषसहित प्रदर्शन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १८ असोज । 
मधेशमा विगत ५२ दिनदेखि आन्दोलन जारी रहदाँ वर्तमान सरकार मौन रहेको भन्दै मधेशी मोर्चा सप्तरीद्वारा सोमबार राजविराजमा बृहत तिर धनुष सहितको जुलुस प्रदर्शन गरेको छ । 
आन्दोलन जारी रहदा पनि वर्तमान सरकार कानमा तेल हालेर सुतेको तथा मधेशी जनताहरु अधिकार माग्दा गोली हान्ने गरेको भन्दै मोर्चाले अब मधेशी जनताहरु अधिकारका लागि तिर र धनुषबाट सरकारको प्रतिकार गर्ने उद्घोष गर्दै राजविराजमा बृहत तिर धनुष सहितको बिरोध जुलुस प्रदर्शन गरिएको हो ।
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको तिर धनुष सहितको बिरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा पशचत जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । आन्दोलन परिचालन समितिका संयोजक एवं सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादवद्वारा संचालित तथा मधेशी मोर्चाका जिल्ला संयोजक रामप्रित यादवको अध्यक्षतामा आयोजित सो बिरोध सभामा नेपाल सदभावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष विकास कुमार तिवारी, सदभावना पार्टीका केन्द्रिय सदस्य दिनेश यादव, फोरम नेपालका सुरेन्द्र यादव, समाजसेवी कुरुर मण्डल, फोरम लोकतान्त्रिकका उमेश प्रसाद साह, रामसपाका भुपेन्द्र यादव, नेकपा–माओवादीका जिल्ला सेक्रटरी दिपेन्द्र माझी, नेकपा (माओवादी) का भगवति यादव, सदभावनाका नगर अध्यक्ष अमरकान्त झा, थारु कल्याणकारीणी सभाका अध्यक्ष अरुण कुमार चौधरी, तमलोपाका मनोज झा, युवा नेता सुभाष यादव, विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष तारकेश्वर यादव, सदभावना जिल्ला सदस्य सत्य नारायण साफी, विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव केसी, मलेठका रामकिसुन यादव, बिषरिहयाका जितन रजक, राम नारायण यादव, महिला नेतृ रमिला साह लगायतका बक्ताहरुले रावण जस्तै अंहकार वादी शुशिल, केपी, प्रचण्डलाई राममुखी तिर धनुषबाट प्रहार गरिने चेतावनी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट