News Category 2072/06/19

जिल्लाको विभिन्न स्थानमा जितिया पर्वको अवसरमा नाचगान

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १८ असोज । 
सन्तानको सुख शान्ति र लामो आयुको कामना गर्दै मिथिलान्चलमा जितिया पर्वको अवसरमा विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईरहेको छ । 
यसै अवसरमा सप्तरी सदरमुकाम राजविराज ५ स्थित युनिभर्सल बोर्डिङ्ग स्कुलमा जितिया महोत्सव २०७२ को आयोजना गरेको छ । 
थारु आदिवासी महिला समन्वय समितिको सहयोग तथा जितिया मुल समारोह समितिको आयोजनामा आयोजित जितिया महोत्सवमा विभिन्न थारु नाच, गानका साथै साँस्कृतिक कार्यक्रम र जितिया सम्बन्धि कथा बाचन समेत गरी मनाईएको हो । 
सोही अवसरमा जितिया मुल समारोह समितिकी रजिया देवी चौधरीको अध्यक्षता तथा गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालकी लक्ष्मी चौधरीको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा  झुमरा नाचमा बोध कुमारी चौधरी र चन्द्रकला चौधरीले नृत्यु प्रस्तुत गरेकी थिइन् । 
त्यसैगरी जितिया सम्बन्धि नाटक आशा देवी चौधरी, हिरा चौधरी, बिन्दु चौधरी, सरिता देवी चौधरी, बोध कुमारी चौधरी र इश्वरी चौधरी लगायतका कलाकारहरुले आ–आफनो कला प्रस्तुत गर्नुभएको थियो ।
यस्तै जितुवाहन सम्बन्धि कथा सप्तरीको अर्नाहा निवासी गायक सिफैत लाल चौधरीले प्रस्तुत गर्नुभएको महेश चौधरीले जानकारी दिनुभयो । 
त्यसैगरी जितिया पर्वकै अवसरमा सोमबार जिल्लाको विभिन्न स्थानमा जितुवाहन भगवानको मुर्ति बनाएर विभिन्न नाच, गान, प्रवचन र साँस्कृतिक कार्यक्रमको आयोजना गरी जितिया पर्व मनाईरहेको छ । 
सोही अवसरमा सप्तरीको बरही बिरपुर गाविस ७ स्थित जोगेन्द्र यादवको दलानमा जितुवाहन भगवानको मुर्ति बनाएर विभिन्न नाच, गान, प्रवचन र साँस्कृतिक कार्यक्रमको आयोजना गरी जितिया पर्व मनाईएको छ । यस्तै जिल्लाकै तिलाठी गाविसस्थित बेल्ही भन्सारमा समेत जितुवाहन भगवानको मुर्ति बनाएर विभिन्न नाच, गानका साथै साँस्कृतिक कार्यक्रमको आयोजना गरी जितिया पर्व मनाईएको हो । 
यसैगरी जिल्लाकै सकरपुरा गाविसस्थित डिहबार बाबा स्थानको ग्रामिण हाट बजारमा जितिया पर्वको अवसरमा साँस्कृतिक कार्यक्रमको आयोजना गरी भव्य मेला गरी जितिया पर्व मनाईरहेको मेला समितिका अध्यक्ष दामोदर मुखियाले जानकारी दिनुभयो । 
त्यस्तै बिषहरिया गाविसस्थित सिंग्यौन दमावतीका लक्ष्मण यादवको घरमा जितुवाहन भगवानको कलात्मक मुर्ति बनाएर राति साँस्कृतिक कार्यक्तम गरी जितिया पर्व मनाईरहेको छ । यस्तै जिल्लाको कल्याणपुर गाविस ९ स्थित गढिया चौकमा समेत जितिया पर्वको अवसरमा साँस्कृतिक कार्यक्रमको आयोजना गरी जितिया पर्व मनाईएको आम मुलनिवासी मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष मो.इस्लामले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट