News Category 2072/06/20

संघीय मोर्चाको हस्ताक्षर कार्यक्रम सुरु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १९ असोज । 
संघीय मधेशी मोर्चाले जारि आन्दोलनलाई निरन्तरता दिँदै सप्तरीसहित सम्पूर्ण मेधशमा मंगलबारदेखी एक हप्ते हस्ताक्षर कार्यक्रम सुरु गरेको छ ।
मधेशमा जारी आन्दोलनको समर्थन र नेपालमा जारी गरिएको संबिधानमा मधेशी अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघको समर्थन र सहयोगको लागि एक हप्ते हस्ताक्षर अभियान संचालन गरेको हो । 
नेपाल सद्भावना पार्टी सप्तरी कार्यालयबाट ब्यानर बोकी निकालिएको हस्ताक्षर कार्यक्रम राजविराजस्थित गजेन्द्र चौकमा गरिएको थियो । 
मधेशका प्रमुख शहर, नगर, गाँउ, टोल, बजार, चौक चौराहामा मधेशी समुदायको उपस्थिति रहने स्थानहरुमा सो कार्यक्रम संचालन गर्ने नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुबी यादवले जानकारी दिनुभयो । 
जारी आन्दोलनको पक्षमा जनमत सिद्ध गर्दै मधेशको पहिचान र अधिकारको समर्थनमा संकलन गरिने न्यूनतम ४० लाख हस्ताक्षर नेपाल स्थित संयुक्त राष्ट्र संघको आवासिय प्रतिनिधिमार्फत संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनलाई पठाईने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट