News Category 2072/06/20

सरकार अन्धो बनेको भन्दै राजविराज र विषहरियामा डिबिया (टुक्की) जुलुस प्रदर्शन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १९ असोज । 
जारि मधेश आन्दोलनको मंगलबार ५३ औं दिन सप्तरी सदरमुकाम राजविराज र  जिल्लाको विषहरिया गाविसस्थित दमावत्तिमा छुट्टाछुट्टै डिबिया (टुक्की) जुलुस प्रदर्शन गरेको छ ।
मधेशमा विगत लामो समयदेखि बन्द जारी रहदाँ पनि वर्तमान सरकार अन्धो बनेको भन्दै दिउँसै सरकारको बिरुद्धमा डिबिया (टुक्की) जुलुस प्रदर्शन गरेको हो । राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट दिउँसै निकालिएको डिबिया (ठुक्की) सहितको जुलुस नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । 
मधेशी मोर्चा निकट सद्भावना पार्टीका नगर अध्यक्ष अमरकान्त झाको अध्यक्षतामा आयोजित सो बिरोध सभामा फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य कमालउद्दिन, विद्यार्थी मञ्चका केन्द्रिय सदस्य शम्भु कुमार यादव, यूवा फोरम लोकतान्त्रिकका केन्द्रिय सचिव हुलसित यादव, विद्यार्थी फोरमका जिल्ला अध्यक्ष तारकेश्वर यादव, तुफान मधेशी, नेकपा (माओवादी) का जयप्रकाश यादव, रामकिसुन यादव, रामसपाका भुपेन्द्र यादव, जमाहर यादव, सुमन ठाकुर, नेपाल सदभावना पार्टीका युवा नेता बिनोद कुमार मण्डल लगायतका बक्ताहरुले मधेशको अधिकार सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
त्यसैगरी सप्तरीको बिषहरिया गाविस १ स्थित दमाबती टोलमा समेत मंगलबारै दिउँसै डिबिया (टुक्की) जुलुस प्रदर्शन गरेको छ ।
मधेशी मोर्चाका स्थानीय नेता गोलीकृष्ण यादव रामुको नेतृत्वमा नेता कार्यकर्ताहरुद्वारा वर्तमान सरकारको बिरोधमा दिउँसै डिबिया (ठुक्की) जुलुस प्रदर्शन गरीएको थियो । 
त्यसैगरि सप्तरी क्षेत्र नं ३ का सांसद् उमेश कुमार यादवको पुतला समेत दहन गरिएको  स्थानीय सुधिर कुमार यादवले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट