News Category 2072/06/23

बिरगंजमा अर्धनग्न धोती जुलुस प्रदर्शन

दैनिक समाचारदाता

दैनिक संवाददाता
बिरगंज, २२ असोज । 
जारी मधेस आन्दोलनको ५६ औं दिन र नाकाबन्दीको १५ औं दिन शुक्रबार संघिय समावेसी मधेसी मोर्चा पर्साले वीरगंजमा अर्धनग्न धोती जुलुस प्रर्दशन गरेको छ । 
मधेस आन्दोलनको ५६ औं दिन बितिसक्दा पनि नेपाल सरकारले मुलुक आधि अवादि भएका मधेसी समुदायहरुको भावनालाई कदर नगरी नयाँ सरकार गठनको खेलमा लोगेको नाङ्गो राजनीतीका बिरुद्ध निर्धारित कार्यक्रम अन्र्तगत मोर्चाले व्यागांत्मक रुपमा सरकार नाङ्गो भईसकेको महसुस गरी  मोर्चाले अर्धनग्न प्रर्दशन गरेको मोर्चाका नेता शशिकपुर मियाँले बताउनुभयो । 
वीरगंजको घण्टाघरबाट निस्केको सो जुलुस मधेसको माग पुरा गर, मधेस बिरोधी संबिधान शंशोधन गर, मधेसी एकता जिन्दाबाद जस्ता नारा लगाउदै वीरगंज नगरपरिक्रमा गरी पुनः घण्टाघरमै पुगेर समापन भएको थियो । 
समापन सभालाई सम्बोधन गर्दै मोर्चाका एक घटक नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेलले अधिकार प्राप्तिको लागि आफनै देश भित्र देशको आधि जनसंख्या भएका मधेसी समुदायहरुले दुई महिनादेखि आन्दोलन गरिरहेको तर नेपाल सरकार तथा यहाँका तिन ठुला दलका प्रमुखहरुले वेवास्ता गरी सत्ताको खेलमा लाग्नु नेपालकै लागि दुर्गभाग्य भएको ठोकुवा गर्दै अब पनि आन्दोलनलाई चाँडै सम्बोधन नगरिए देश गम्भिर संकटमा जाने बताउनुभयो ।
सो सभालाई नेकपा माओवादीका पर्सा संयोजक छोटेलाल यादव, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका बिरेन्द्र यादव, राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेल, नेपाल समाजवादी पार्टी लोहीवादीका पर्सा अध्यक्ष अजय गुप्ता, नेसपा पर्साका अध्यक्ष मनोज कर्ण लगायतकाले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा मोर्चाका नेता, कार्यकर्ता तथा सर्वसाधारणको व्यापक उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट