News Category 2072/06/24

भारतको समर्थनमा जुलुस प्रदर्शन

दैनिक समाचारदाता

राजविराज÷मधेशमा विगत ५७ दिनदेखि जारी आन्दोलनकै क्रममा शनिबार राजविराजमा नेपाल भारत मैत्री अमर रहुन भन्ने मुल नाराका साथ भारतको समर्थनमा जुलुस प्रदर्शन गरिएको छ ।
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको समर्थन जुलुस नगरको विभिन्न स्थानमा परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
नेपाल भारत मैत्री संघका शैलेन्द्र मोहन झाको अध्यक्षता तथा क्षेत्रिय आन्दोलन परिचालन समितिका संयोजक एवं सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष संचालन लक्ष्मण यादवद्वारा संचालित सो सभामा सदभावना पार्टीका केन्द्रिय सदस्य दिनेश यादव, नेपाल सदभावना पार्टी गजेन्द्रवादीका केन्द्रिय सदस्य सावित्रि पण्डित, तराई मधेश लाकतान्त्रिक पार्टीकी केन्द्रिय सदस्य साधना झा, नेपाल भारत मैत्री संघका अध्यक्ष मनोज कुमार मुन्धडा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष सत्य नारायण यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, दलित नेता मनोज मेहतर, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, संघिय समाजवादी फोरम नेपालका युवा नेता विशाल यादव, सदभावना पार्टीका नगर अध्यक्ष अमरकान्त झा, गोरगामाका रामचरित्र यादव, नेकपा माओवादी वैद्यका रामगमन साह, रंजितपुरका पंचदेव यादव, युवा विद्यार्थीका संयोजक शम्भु कुमार यादव, सदभावना पार्टीका जिल्ला सदस्य सत्य नारायण साफी लगायतका बक्ताहरुले भारतले नाकाबन्दी नगरेको दाबी गर्दै मधेशी मोर्चाले गरेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट