News Category 2072/06/25

दुई दिन अघि मात्र हटाइएको दंगाग्रस्त क्षेत्र पुनः घोषणा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २४ असोज । 
दुई दिन अघि मात्र स्थानीय प्रशासनले राजमार्ग क्षेत्रबाट हटाइएको दंगाग्रस्त क्षेत्र आईतबारदेखि पुनः साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अनिश्चितकालिन घोषणा गरेको छ । 
जिल्ला प्रशासन कार्यालय सप्तरीले पूर्वमा कोशी ब्यारेजदेखी पश्चिममा बलान नदीसम्म आईतबारदेखी स्थानिय प्रशासनले सो दंगाग्रस्त क्षेत्र घोषणा गरिएको सप्तरीका निमित प्रमुख जिल्ला अधिकारी चिरन्जिवी प्रसाद भटराईले जानकारी दिनुभयो । 
पुर्वमा कोशी ब्यारेजदेखि पश्चिममा बलान नदीको पुलसम्मको पुर्व पश्चिम लोकमार्ग, कदमाहादेखि पन्ध्र कठठे सडक खण्ड र उक्त सडक खण्डको दायाँ ५ सय मिटर र बायाँ ५ सय मिटरसम्मको सम्पुर्ण क्षेत्रलाई स्थानीय प्रशासन दंगाग्रस्त क्षेत्र घोषणा गरेको जनाएको छ ।
तोकिएको क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन गर्न अथवा पोष्टर वा पर्चा जस्ता सामग्री टाँस्न वा लेख्न, सडक अवरुद्ध गर्न तथा तोकिएको दंगाग्रस्त क्षेत्रमा ५ वा सो भन्दा बढी ब्यक्तिहरु जम्मा हुन निषेध गरिएको जनाइएको छ । 
यसअघि स्थानीय प्रशासनले भदौ ३१ गतेदेखि सो स्थानहरुमा १२ घण्टे दंगाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने त्यसअघि सो क्षेत्रमा २४ घण्टे दंगाग्रस्त क्षेत्र घोषणा गरिएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट