News Category 2072/06/25

विषादी खाना खाँदा दुई दर्जन बालबालिका सिकिस्त

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २४ असोज ।
राजविराज ४ स्थित रहेको मदरसामा शनिबार साँझ पकाइएको खानामा छेपारो पर्दा दुई दर्जन बालबालिकाहरु सिकिस्त बिरामी परेका छन् । 
होस्टलमा बसेका विद्यार्थीहरुका लागि तयार पारिएको खानामा छेपारो परेपछि पूरै खाना विषादी भएको र खाना खाएका करिब दुई दर्जन बालबालिकाहरु सिकिस्त बिरामी परेको बताइएको छ । 
सिकिस्त परेकाहरूको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट