News Category 2072/06/26

सप्तरीका बैंकहरु खुले

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २५ असोज । 
जारि मधेश आन्दोलनको सोमबार ६० औं दिन सप्तरीका निजि तथा सरकारी बैंकहरु खुलेका छन् । 
मधेशी मोर्चा सप्तरीले चाडपर्वलाई मध्यनजर गरी सर्वसाधारणको हितका लागि सोमबारबाट पाँच दिन सम्मका लागि जिल्लास्थित बैंकहरु खोलाउने निर्णय गरेको हो । 
मोर्चाका जिल्ला संयोजक रामप्रित यादवको अध्यक्षतामा आइतबार बसेको मधेशी मोर्चाको बैठकले यस्तो निर्णय गर्दै चाडपर्वलाई दृष्टिगत गरी सर्वसाधारणको हितका लागि असोज २५ देखिदेखि २९ गतेसम्मका लागि बैंकहरु खोलाउने निर्णय गरेको हो । 
यता करिब दुई महिना लामो बन्दका कारण र दशैंको पूर्वसन्ध्यामा बैंकहरु खुलेपछि सदरमुकाम राजविराजस्थित बाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, माछापुच्छ«े बैंक, एभरेष्ट बैंक, सनराइज बैंक, ग्लोबल आइएमइ, सेन्चुरी बैंकहरुमा सोमबार बिहानैदेखी ग्रहकहरु रकम झिक्न लामबद्ध भएका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट