News Category 2072/06/28

अस्पताल परिसरबाटै कुरुवाको मोटरसाइकल चोरी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २७ असोज । 
श्रीमतिलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएका एक युवकको अस्पतालबाटै मोटरसाईकल चोरी भएको छ । 
सप्तरीको बथनाहा गाविस ८ ढिकली टोल निवासी दशरथ कुमार मण्डलले मंगलबार आप्mनो श्रीमतिलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचारको लागि भर्ना गरेका थिए । मण्डलको बा.३० प ९०६५ नम्बरको सुपर स्पेलेन्डर रातो क्लरको मोटरसाईकल मंगलबारराति चोरी भएको पीडितले बताएका छन ।
अस्पतालमा दिनरात चौबिसै घण्टा सुरक्षाकर्मी खटिएपनि अस्पतालबाट मोटरसाईकल चोरी भएपछि बिरामीहरु प्रहरी प्रशासनप्रति आक्रोश ब्यक्त गरेका छन । 
यसैबिच पीडित मण्डलले आप्mनो मोटरसाईकल चोरी भएको बारेमा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउँदा पनि प्रहरी प्रशासन बेखबर बनेको आरोप समेत लगाउनुभयो । यता प्रहरीले मोटरसाईकल चोरको खोजी कार्य तिव्र रुपमा भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट