News Category 2072/06/30

ओनसरी धर्ती सभामुख र गंगा यादव उपसभामुखमा निर्विरोध निर्वाचित

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २९ असोज । 
ओनसरी घर्ती नेपालको संसदीय इतिहासमा पहिलो महिला सभामुख बनेकी छिन् ।
व्यवस्थापिका संसदको शुक्रबारको बैठकले सत्तारुढ दलको तर्फबाट सभामुखमा उम्मेदवार बनेकी घर्ती निर्विरोध निर्वाचित भएकी हुन् ।
सभामुखमा नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापाले पनि उम्मेदवारी दिएकी थिइन् । थापाका समर्थक प्रेम सुवालले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित भएकी हुन् ।
प्रधानमन्त्री निर्वाचनमा आफ्नै उम्मेदवार उठाएको कांग्रेसले पनि घर्तीलाई समर्थन गर्ने निर्णय गरेको थियो ।
रोल्पाको जंकोट १ माडिचौरमा जन्मिएकी ३८ वर्षकी घर्ती रोल्पा २ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन् । माओवादी सशस्त्र जनयुद्धमा लागेकी घर्तीले १० वर्ष भूमिगत जीवन विताएकी थिइन् ।
उहाँले एसएलसीसम्म अध्ययन गरेकी छन् । उहाँले यसअघि संविधानसभा उपसभामुख थिइन् । नयाँ संविधान बनेसँगै तत्कालीन सभामुख सुवास नेम्वाङ र उपसभामुख घर्तीले राजीनामा दिनुभएको थियो ।
यस्तै सप्तरीको १ नं. याोगिनिया गाविस वडा नं. ७ हाल हनुमानगर योगिनियाँमाई नगरपालिका १ निवासी गंगाप्रसाद यादव उपसभामुख पदमा निर्विरोध हुनु भएको छ । 
शुक्रबार व्यवस्थापिका संसदमा नेमकिपाले आफ्नो उम्मेदबारी फिर्ता लिएपछि उहाँ निर्विरोध हुनुभएको हो । 
पञ्चायतकालमा उहाँ जोगिनिया गाविसका प्रधानपञ्च हुनुहुन्थ्यो भने प्रजातन्त्र आएपछि राप्रपाबाटै गाविस अध्यक्ष हुनुभयो । शाही शासनकालमा उहाँ सप्तरी जिल्ला विकास समितिको उपसभापति मनोनित हुनुभयो । त्यसपछि दास्रो संविधानसभामा उहाँ राप्रपा नेपालबाट समानुपातिक सभासद् हुनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट