News Category 2072/07/03

सप्तरीको सखडेश्वरी र कंकालिनी मन्दिरमा श्रद्धालु भक्तजनहरुको संख्यामा बद्धि

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २ कात्तिक । 
सप्तरीको ऐतिहासिक छिन्नमस्ता सखडेश्वरी मन्दिरमा सोमबार वडा दशैको छठौ दिन श्रद्धालु भक्तजनहरुको संख्यामा निकै बृद्धि भएको छ ।
हिन्दुहरुको महान चाडपर्वको अवसरमा प्रत्येक वर्ष बडा दशै अवधिभरी मुलुककै प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी मन्दिरमा श्रद्धालु भक्तजनहरुको संख्यामा सोमबारदेखि निकै बृद्धि भएको हो ।
लगातार ६६ औं दिनदेखिको मधेशमा जारी बन्द र छिमेकी भारतमा जारी बिधान सभाको निर्वाचनका कारण यस वर्ष बडा दशैंमा सो मन्दिरमा न्युन मात्रामा श्रद्धालु भक्तजनहरु दर्शन तथा पुजाआजाको लागि आएपनि सोमबारदेखि संख्यामा बृद्धि भएको मन्दिर समितिका अध्यक्ष रामनारायण यादव रामबाबुले बताउनुभयो । 
अध्यक्ष यादवका अनुसार मन्दिरमा चार वटा सिसी क्यामरा जडान गर्नुका साथै राति बिजुली बत्तिको व्यवस्था गरी श्रद्धालु भक्तजनहरुलाई सहज रुपमा दर्शन तथा पुजाआजाको व्यवस्था मिलाईएको जानकारी दिनुभयो ।
उहाँले छिमेकी भारतमा जारी निर्वाचनले गर्दा भारतमा आचार सहिंता लगाएका कारणले भारतीय श्रद्धालु भक्तजनहरुको संख्यामा अहिलेसम्ममा कमि आएको छ भने यता मधेशमा विगत दुई महिनादेखि जारी मधेश बन्दका कारणले पनि यसवर्ष छिन्नमस्ताको सखडेश्वरी मन्दिरमा श्रद्धालु भक्तजनहरुको संख्यामा निकै कमि आएको बताउनुभयो । बडा दशैको अवसर पारेर मधेशी मोर्चाले श्रद्धाल् भक्तजनहरुलाई दर्शन तथा पुजाआजाको लागि यातायात तथा सवारी साधनहरु संचालनमा ल्याई दिए भक्तजनहरुलाई सजिलो हुने अध्यक्षको भनाई छ । 
त्यस्तै सखडेश्वरी मन्दिरमा यस वर्ष बन्द, हडताल र छिमेकी भारतको चुनावका कारण माताको दरबारमा श्रद्धालु भक्तजनहरुको संख्यामा कमि आएको मन्दिरका पिठाधिश महाकान्त ठाकुरले स्वीकार गर्नुभयो । उहाँले माताको दर्शन गराउँनका लागि आउँने श्रद्धालु भक्तजनहरुलाई कुनै किसिमको रोकछेक नगर्न आन्दोलनरत मधेशी मोर्चा लगायत हरेक पक्षसँग अनुरोध गर्दै निर्धक्क साथ सेवकहरुलाई माताको दर्शन तथा पुजाआजाको लागि आउँन अनुरोध समेत गर्नुभयो ।
उहाँले मधेशमा जारी आन्दोलन र छिमेकी भारतको चुनावका कारणले सयमा तीन प्रतिशत पनि श्रद्धालु भक्तजनहरु माताको दरवारमा नआएकोमा दुःख ब्यक्त गर्नुहँुदै त्यसमा संचारमाध्यमहरुलाई सहयोग गरी माताको शक्तिपिठलाई भव्य रुपमा दशै अवधिभरी सफल बनाई दिनहुन सम्पुर्ण श्रद्धालु भक्तजनका साथै संचारकर्मीहरुलाई अनुरोध समेत गर्नुभएको छ ।
वडा दशैको छेठौ दिनसम्म यस वर्ष हालसम्म करिब एक हजार भन्दा बढी खसीबोकाको बलि प्रदान भएको मन्दिर समितिले जनाएको छ ।
यसैबिच वडा दशै अवधिभरी छिन्नमस्ता सखडेश्वरी मन्दिरमा दर्शन तथा पुजाआजाका लागि आउँने श्रद्धालु भक्तजनहरुलाई मन्दिरकै प्राङ्गणमा समाज सशक्तिकरण संघ नेपाल लालापटीद्वारा निःशुल्क चिनी, पानी, सर्वत र प्राथमिक उपचारको व्यवस्था गरिएको संघका उपाध्यक्ष जय प्रकाश यादवले जानकारी दिनुभयो । सो संस्थाले विगत सात वर्षदेखि प्रत्येक वर्ष वडा दशैको अवसर पारेर निःशुल्क  निशुल्क चिनी, पानी, सर्वत र प्राथमिक उपचारको व्यवस्था गर्दै आएको संघका अध्यक्ष धिरज कुमार पण्डितले जानकारी दिनुभयो ।
त्यस्तै सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा समेत श्रद्धालु भक्तजनहरुको संख्यामा बृद्धि भएको मन्दिर समितिले जनाएको छ ।
त्यसैगरी बिजयादशमीकै अवसरमा सप्तरीको रम्पुरा मल्हनिया गाविसस्थित कुनौली बोर्डरमा भगवतिको कलात्मक मुर्ति बनाएर दशै अवधिभरी विभिन्न नाच, गान तथा साँस्कृतिक कार्यक्रम गरी मनाईदै आएको मन्दिर समितिका अध्यक्ष जय नारायण यादवले जानकारी दिनुभयो । 
उहाँका अनुसार प्रत्येक वर्ष झै यस वर्ष पनि कुनौली बोर्डरमा स्थानीयबासीहरुको सहयोगमा करिब एक लाख भन्दा बढी रकम खर्चेर भगवतिको भव्य मुर्ति बनाएर विभिन्न कार्यक्रम गरी मनाईरहेको छ । 
त्यसैगरी कोचाबखारी गाविस स्थित लोखरम बिरपुर चौकमा समेत स्थानीयबासीहरुद्धारा बडा दशैको अवसरमा मुर्ति बनाएर भव्य रुपमा पुजाआजा गरी जिवयादशमी मनाईरहेको छ । यसैबिच हिन्दुहरुको महान चाड वडा दशैको अवसरमा सोमबार सप्तरीको तिलाठी गाविस ५ स्थित सरस्वति मन्दिरको सरसफाई गरिएको छ । 
सशस्त्र प्रहरी सिमा चेक आउट पोष्ट तिलाठी, सशस्त्र प्रहरी तिलाठी तथा स्थानीयबासीहरुद्धारा सामुहिक रुपमा सो मन्दिरको वडा दशैको अवसरमा सरसफाई गरिएको प्रहरी चौकी तिलाठीका असय रामभोज यादवले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट