News Category 2072/07/07

कंकालिनी मन्दिरमा यस वर्ष ५४ वटा कम राँगाको बलि प्रदान

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ६ कात्तिक ।
राँगा बलीमा अग्रणी रहेको मुलुककै प्रसिद्ध शक्तिपीठ सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा यस पटक गतवर्ष भन्दा ५४ वटा राँगाको बली कम प्रदान गरिएको छ । यस पटक ३ सय ९२ वटा राँगाको बली प्रदान गरिएको छ भने गत बर्ष ४ सय ४६ राँगाको बली प्रदान भएको थियो । 
२०७० मा यस मन्दिरमा ३ सय ९१ वटा तथा २०६९ सालमा ३ सय ३७ वटा राँगाको बली प्रदान गरिएको थियो । 
निःसन्तानहरुले सन्तानका लागि, जटील रोगबाट पीडितहरुले स्वास्थ्यलाभका लागि, जीवन शंकटमा परेकाहरुले जीवन रक्षाका लागि, पेशा र रोजगारी शंकटमा परेकाहरुले त्यसमा सफलताका लागि वर्षौदेखि यहाँ विभिन्न किसिमको ‘भाकल’ गर्दै आएका छन् । ‘भाकल’ पुरा भएपछि ‘भाकल’ गर्नेहरुले यहाँ विजयादशमीको ‘महानवमी’को दिन राँगाको बली दिने गर्छन् । 
यस्तै जिल्लाको विभिन्न मठ मन्दिरहरुमा करिब १० हजारको संख्यामा बोका तथा अन्य पशुपंक्षिको बलि समेत प्रदान भएको छ । यस वर्ष कंकालनी मन्दिरमा स्थानिय स्वयमसेवकहरुको मद्दतले शान्ति सुरक्षा प्रदान गरिएको थियो ।   
निःसन्तानहरुले सन्तानका लागि, जटील रोगबाट पीडितहरुले स्वास्थ्यलाभका लागि, जीवन शंकटमा परेकाहरुले जीवन रक्षाका लागि, पेशा र रोजगारी शंकटमा परेकाहरुले त्यसमा सफलताका लागि वर्षौदेखि यहाँ विभिन्न किसिमको ‘भाकल’ गर्दै आएका छन् । ‘भाकल’ पुरा भएपछि ‘भाकल’ गर्नेहरुले यहाँ विजयादशमीको ‘महानवमी’को दिन राूगाको बली दिने गर्छन् । 
यसबाहेक खसीबोका, परेवा, मिठाई तथा गर–गहना समेत चढाउने गर्दछन् । ‘यहाँ’ भन्नाले सप्तरीको भारदह गाविसस्थित मुलुकमै प्रख्यात रहेका कंकालिनी भगवती मन्दिर हुन् । राँगा बलि प्रदानमा नेपालमै गढिमाई पछिको ठुलो संख्यामा यसै मन्दिरमा राँगाको बलि प्रदान समेत हुने गरेको छ ।
यो मन्दिरको प्रमुख विशेषता पनि राँगा बलि प्रदान नै हो । विजयदशमीको ‘महानवमी’को दिन यहाँ राँगा बलि प्रदान वर्षौदेखि हुँदै आएको छ । मन्दिर स्थापनाकालमा पाँचवटा राँगाको बलि दिइएको थियो । 
यस मन्दिरमा नेपालका सप्तरी, सुनसरी, मोरङ्ग, सिरहा, सर्लाही, झापा सहित सम्भवतः अधिकांश जिल्लाका श्रद्धालुहरुले पुजापाठकालागि यहाँ आईसकेको मन्दिर विकास समितिको भनाई छ । नेपालबाहेक भारत बिहारको वीरपुर, फारबीसगंज, पटनासम्मका भक्तजनहरु राँगा बलि प्रदान गर्न समेत यहाँ आउने गर्दछन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट