News Category 2072/07/09

सरकार झुकिसकेको छ, आन्दोलनमा निर्णायक धक्का आवश्यक ः महासचिव सुमन

दैनिक समाचारदाता

दैनिक संवाददात
राजविराज, ८ कात्तिक । 
सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले ७२ दिनदेखी मधेशमा जारि आन्दोलनले मधेश अक्रान्त भइरहेको बेला छिमेकी मुलुक चिनले सरकारलाई समर्थन गर्दै पेट्रोलियम पदार्थ दिने तयारी गरिरहेको प्रति दुःख व्यक्त गर्नुभएको छ । 
मधेशी पत्रकार समाज सप्तरीको आयोजनामा “जारि मधेश आन्दोलन र अबको भूमिका” बारे आइतबार राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव सुमनले एकतर्फ दक्षिणी छिमेकी मुलुक भारतले आन्दोलनलाई सहयोग गरिरहेको छ तर उत्तरका छिमेकी मुलुक चिनले सरकारलाई सहयोग गरिरहेको प्रति अब मधेशी जनताले चिनकै बिरोधमा उत्रनु पर्ने बताउनुभयो । 
उहाँले मधेश आन्दोलन उत्कर्ष बिन्दुमा पुगिसकेको दाबी गर्दै यस्तो अवस्थामा सरकारलाई सहयोग गरेर सम्पूर्ण मधेशी जनताको अधिकार प्राप्तिको लडाई प्रति चिनले अपमान गरेको दाबी गर्नुभयो । 
उहाँले सरकारले मोर्चासँग चार पटकसम्म अनौपचारिक वार्ता गर्दा पनि कुनै निष्कर्षमा नपुगेको तथा आइतबार पनि सम्पन्न वार्तामा कुनै ठोस निष्कर्ष ननिस्केको भन्दै सरकारको मधेशी जनताप्रति मानसिकता ठीक नभएको ठहर गर्दै माग पुरा नभएसम्म आन्दोलन जारि रहने जानकारी दिनुभयो । 
महासचिव सुमनले भन्नुभयो, “सरकार मधेशी जनतासामु झुकिसकेको छ, घुर्की मात्र देखाइरहेको छ, अब केही दिनमात्र मधेशी जनताले निर्णायक आन्दोलनका लागि जोडले धक्का दिनुपर्छ ।”
आन्दोलन शान्तिपूर्ण भइरहेको दाबी गर्दै उहाँले आन्दोलन बिशुद्ध संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको रहेको दाबी समेत गर्नुभयो । उहाँले मोर्चाको आन्दोलनमा सम्पूर्ण मधेशी जनताको सहयोग अपिहार्य रहेको उल्लेख गर्नुभयो । एक अर्को प्रसङ्गमा उहाँले मधेशी जनताको आन्दोलनलाई राष्ट्रिय संचारमाध्यमले वेवास्ता गरिरहेको भन्दै स्थानिय संचारमाध्यमले पूर्ण रुपले सहयोग गर्दै आन्दोलनलाई उत्कर्षमा पु¥याउन मद्दत पु¥याएको जिकिर गर्नुभयो । 
उहाँले प्रदेश विभाजन अराजनैतिक, अबैज्ञानिक तरिकाबाट भएको दाबी गर्दै केही शिर्ष नेताहरुले आफ्नो वर्चश्व कायम गर्न मधेशी जनतालाई लत्याएर प्रदेश विभाजन गरेको दाबी समेत गर्नुभयो । 
प्रधानमन्त्रि निर्वाचनमा मधेशी दलको सहभागिता ऐतिहासिक भूल भएको स्विकार गर्दै नेता सुमनले सो भूलप्रति मधेशी दलका तर्फबाट मधेशी जनता समक्ष माफि समेत माग्नुभयो । 
मधेशी पत्रकार समाज सप्तरीका सदस्य शैलेश कर्णको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा सत्यनाराण यादव, तमसपाका कपिलदेव यादव, संचारकर्मी शिवहरि भट्टराई, सन्तोष चौधरी, राष्ट्रिय मिडिया संजाल सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, मधेशी पत्रकार संघका अध्यक्ष श्यामसुन्दर यादव, टुडे अनलाइन खबरका अनन्त अनुराग, पत्रकार महासंघ सप्तरीका निवर्तमान अध्यक्ष धिरेन्द्र प्रसाद साह, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्यद्वय शैलेन्द्र प्रसाद साह, अशोक कुमार यादव, जिल्ला अध्यक्ष दिनेश यादव, सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरीलगायतका वक्ताहरुले जारि मधेश आन्दोलनको अवस्थाबारे अवगत गराउनु भएको थियो । 
सोही कार्यक्रममा जारि आन्दोलनका क्रममा सप्तरीको भारदहमा प्रहरीको गोलीलागि सहादत प्राप्त राजिव राउतका परिवारलाई सहयोग गरेका सप्तरीको शम्भुनाथ नगरपालिका निवासी सत्येन्द्र साह र राजविराजस्थित नित्या मेडिकल हलका संचालक नित्यानन्द माझिलाई सम्मान गरिएको थियो । 
साहलाई वरिष्ठ पत्रकार बैजनाथ झा तथा माझिलाई वरिष्ठ पत्रकार शिवहरि भट्टराइले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरि सम्मान गर्नुभयो । साहले राउत परिवारलाई रु. १ लाख तथा माझिले रु. २५ हजार सहयोग प्रदान गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट