News Category 2072/07/09

एम्बुलेन्स र मोटरसाइकलबाट इन्धन झिकेर आगजनी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ८ कात्तिक । 
पूर्वपश्चिम राजमार्गअन्र्तगत सप्तरीको भारदहस्थित सडक खण्डमा आइतबार एम्बुलेन्स र मोटरसाइकलबाट एक सय लिटर भन्दा बढी पेट्रोल झिकेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले सडकमै आगो लगाएका छन् ।
मोर्चाका कार्यकर्ताहरुले विराटनगरबाट काठमाडौँतर्फ बिरामी लिएर जाँदै गरेको नं खुल्न नसकेको एम्बुलेन्समा राखिएको पेट्रोल र डिजल झिकेर सडकमै पोखी आगो लगाएका हुन् । 
यस्तै मोर्चाका कार्यकर्ताले सप्तरीकै पोर्ताहा र कोसी ब्यारेजमा पनि भारतको भीमनगरबाट मोटरसाइकलमा ल्याइँदै गरेको डिजल र पेट्रोल झिकेर सडकमा पोखेको बताइएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट