News Category 2072/07/10

सासंदको घरमा फेला परेको बम सेनाद्वारा निस्कृय

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ कात्तिक । 
नेपाली काँग्रेस सप्तरी क्षेत्र नं ६ का सासंद सुरेन्द्र प्रसाद यादवको घरमा सोमबार बिहान सिलिण्डर बम फेला परेको छ । 
राजविराज ५ रुपनी रोडस्थित यादवको घर पछाडीपट्टी बारीमा सोमबार बिहान सो बम फेला परेको हो । परिवारका सदस्यहरु बिहान घर छेउमा रहेको शौचका लागि जाँदा सो बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सो स्थानमा एक झोला भित्र राखिएको बमसँग सँगै संयुक्त मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोईतद्वारा लिखित विभिन्न पुस्तकहरु भेटिएको छ । 
यता बम भएको खबर पाउने वित्तिकै राजविराजस्थित श्री कृष्ण दल गणबाट आएका सेनाले बमलाई निस्कृय पारेको थियो । 
यसैबीच संयुक्त मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले सो बम राखेको भन्दै एक विज्ञप्ति जारि गर्दै जिम्मा लिनुभएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट