News Category 2070/04/28

सद्भावनाको तीन सूत्रिय मागसहित अनिश्चितकालिन धर्ना

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २७ साउन ।
निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन फिर्ता गरि मधेशमा अन्तरिम संविधान अनुसार जनसंख्या बृद्धिको अनुपातमा निर्वाचन क्षेत्र बृद्धि गर्न मागसहित नेपाल सद्भावना पार्टी आइतबारदेखी काठमाडौं लगायत मधेशका ७ जिल्लामा तीन सूत्रिय मागसहति अनिश्चितकालिन धर्ना बसेको छ । 
मतदाता सूची अधावधिक गर्ने समय बढाई मतदाताको अधिकार सुरक्षित गर्न र सिरहामा सामाजिक सद्भाव कायम गरि सयौं बिस्थापितलाई पुर्नस्थापित गर्न भन्दै सद्भावना पार्टीले सो धर्ना कार्यक्रमको आयोजना गरेको जनाएको छ । 
धर्ना कार्यक्रम अन्तरगत आइतबार राजविराजस्थित शिवमन्दिर अगाडी सप्तरी जिल्ला अध्यक्ष मंगल रायको नेतृत्वमा सद्भावनाका केन्द्रिय सदस्य जयचन्द्र गोइत, उपाध्यक्ष रामकृष्ण गुप्ता, कोषाध्यक्ष कामेश्वर कर्ण, सदस्यहरु सन्तोष गोइत, सत्येन्द्र चौधरी र अरुण यादव बसेका छन् ।  
बाइस वर्षको अनवरत संघर्षपश्चात् मधेशले प्राप्त गरेको संवैधानिक अधिकार रक्षाका लागि धर्ना कार्यक्रम गरेको सद्भावनाका राष्ट्रिय प्रचार प्रसार विभागद्वारा जारि विज्ञप्तिमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट