News Category 2072/07/14

आप्mनै छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १३ कात्तिक । 
मदिरा सेवन गरेका सप्तरीका एक व्यक्तिले हतियार देखाएर आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुबालाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीकोे डाढा गाविसका ३८ बर्षीय एक व्यक्तिले गत कात्तिक २ गते आफ्नै छोरीलाई हतियार देखाएर बलात्कार गरेका थिए ।
मादक पदार्थ सेवन गरेका उनले आफ्नै १६ बर्षीया छोरी बलात्कार गरेपछि स्थानीयबासीहरुले उनलाई पक्राउ गरेपनि तत्काल समाजमै बसेर सो कुरा बाहिर आउँन दिएन पछि पीडितले न्यायको लागि इलाका प्रहरी कार्यालय कंचनपुरमा उजुरी दिएपछि प्रहरीले बुबालाई पक्राउ गरेको छ ।
पीडितको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । उनीबिरुद्व जबर्जस्ती करणी मुद्दा दर्ता गरी घटनाको थप अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक मेघराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट