News Category 2072/07/16

बौद्धिक समाजद्वारा सम्पूर्ण परिवर्तनकारी दल, वर्ग, समुदायलाई आन्दोलन सफल बनाउन अनुरोध

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १५ कात्तिक । 
जारि मधेश आन्दोलनलाई सहयोग पु¥याउने उद्देश्यले गठित बौद्धिक समाज सप्तरीले आन्दोलनरत मधेशका विभिन्न समुदाय राजनीतिक दल, नागरिक समाज, वर्ग र समुदायलाई एकिकृत भई अधिकार प्राप्तिको आन्दोलनलाई छिटो भन्दा छिटो सफल बनाउन देशका सम्पुर्ण परिवर्तनकारी दल, वर्ग, समुदायलाई अनुरोध गरेको छ । 
समाजका संयोजक अमरकान्त झाको अध्यक्षतमा आइतबार राजविराजमा सम्पन्न बैठकले जारि मधेश आन्दोलनलाई मित्र देश भारतद्वारा प्रायोजित आरोप लगाई शाहवंशकालदेखि पीडित मधेशी समुदायको आन्दोलन दबाउन नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, क्षेत्रिय अखण्डता माथि खतरा उत्पन्न भएको विश्व समुदायलाई राज्य पक्षद्वारा दिग्भ्रमित गर्ने काम भईराखेको निष्कर्ष निकालिएको छ । 
सम्पन्न बैठकले विभिन्न निर्णय गर्दै शोषित पीडित समुदायको अधिकार हनन मात्र नभई बहुदलिय शासन पद्धतिमा समेत खतरा हुने अवस्था भएकोले सम्पूर्ण वर्गलाई आन्दोलन सफल बनाउन अनुरोध समेत गरिएको हो । सो बैठकले नेपाल सरकारको प्रपंचलाई कुनै देशको शासनबाट समर्थन प्राप्त हुनु नेपालीलाई प्राप्त राजनीतिक अधिकार समाप्त गरी वर्तमान सत्ताधारी वर्गको इच्छा पुर्ति हुने ठहर्छ भनी निर्णय समेत गरेको छ । 
बैठकले अढाई महिनादेखि जारी अहिंसक मधेश आन्दोलनमा चार दर्जन मधेशी बालबालिका, युवा, बृद्धबृद्धा, महिलाहरुले शहादत प्राप्त गरिसकेको जनाउँदै जारी अहिंसक मधेश आन्दोलनलाई अझ सशक्त बनाउन विचार गोष्ठि, अन्तरक्रिया गर्ने तथा आन्दोलनकारीसँग समन्वयकारी भुमिका निर्वाह गर्ने निर्णय गर्दै समेत गरेको छ । 
बौद्धिक समाजका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डलको अध्यक्षतमा सम्पन्न बैठकमा समाजका संयोजक झासहित सचिव अनिल कुमार अनल, सदस्यहरु सुगम्बर प्रसाद यादव, श्रीमति मिना ठाकुर, हेमकुमार मिश्र, भवेन्द्र प्रसाद यादव, जितेन्द्र खडका सहितको उपस्थिति रहेको थियो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट