News Category 2072/07/16

सउवा संघका पूर्वअध्यक्ष सञ्चेतीको निधन शोकमा पसलहरु बन्द

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १५ कात्तिक । 
सप्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, प्रतिष्ठित व्यापारी एवम् वरिष्ठ समाजसेवी निर्मल कुमार सञ्चेतीको शनिवार राती उहाँको आफ्नै घर राजविराजमा असमायिक निधन भएको छ ।
राजविराज १ स्थित घरमा लामो समयदेखी उहाँ मुटु रोग, किड्नी तथा मधुमेह रोगबाट पीडित रहँदैआउनु भएको थियो । 
सप्तरीका उद्योगी व्यवसायीहरुको हक हितका लागि काम गर्दैआउनु भएका सञ्चेतीको ७१ वर्षको उमेरमा निधन भएको छोरा अमृत सञ्चेतीले जानकारी दिनुभयो ।
समाजसेवीको रुपमा समेत परिचित रहँदैआएका उनी नेपाल रेडक्रस सोसाइटीका आजिवन सदस्य, लायन्स क्लवको सदस्य तथा जैन तेरापन्थी न्यास समितिका अध्यक्ष समेत रहनु भएको थियो । 
यसैबीच व्यवसायी संचेतीको निधनका शोकमा आइतबार सदरमुकाम राजविराजलगायत भारदह, कञ्चनपुर, हनुमानगर, रुपनी, कल्यानपुर, बोदेबसाइ क्षेत्रका बजार–पसल बन्द गरिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट