News Category 2072/07/16

फरार आरोपित राम पक्राउपछि पुनःफरार

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १५ कात्तिक । 
जिल्ला अदालत सप्तरीमा ल्याइएको एक आरोपित आइतबार ४ बजे फरार भएका छन् । 
दुई दिन अघि मात्र पक्राउ परेका सप्तरीको इटहरी विषणपुर ९ रन्जितपुर ५ का २४ बर्षिय दिपक राम आइतबार पुनः फरार भएका छन् ।
पक्राउ परेका रामलाई आइतबार जिल्ला अदालतमा म्याद थप गर्न ल्याइएको बेला अदालतको गेट अगाडीबाट फरार भएका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता फरार रामलाई प्रहरीले खोजतलास गरिरहेको जनाएको छ । 
यसअघि रामलाई सप्तरी सदरमुकाम राजविराजस्थित हटिया लाइनबाट प्रहरीले पक्राउ गरेको थियो । सप्तरीको विषहरीया गाविस वडा नं. ३ बस्ने अशोक कुमार यादवलाई तिलाठी गाविसस्थित बेल्ही भन्सारको पश्चिम खाडो नदिमा कुटपिट गरी खुट्टा भाँची गम्भिर घाइते बनाएर फरार रहेका रामलाई शुक्रबार पक्राउ गरिएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट