News Category 2072/07/17

बिरगंज घटनाको बिरोधमा राजविराजमा प्रदर्शन, चिनको झण्डा समेत जलाए

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १६ कात्तिक ।  
प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा सोमबार विरगंजमा एक प्रदर्शनकारीको मृत्यु भएको बिरोध राजविराजमा प्रदर्शन गरिएको छ भने प्रदर्शनकै क्रममा चिनको झण्डा समेत जलाएका छन् । 
स्थानिय गजेन्द्र चौक, जनआन्दोलन चौकलगायतका अन्य स्थानहरुमा मधेशी मोर्चाको नेतृत्वमा सो बिरोध प्रदर्शन गरिएको छ । 
मोर्चाका नेता कार्यकर्ताहरुले विभन्न स्थानहरुमा टायर बालि प्रधानमन्त्री र गृहमन्त्री बिरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले सरकारले विभिन्न चरणको वार्ता गरेर नाटक मात्र गरिरहेको आरोप लगाउँदै वार्ताको समयमा प्रहरी सेना लगाएर आन्दोलनलाई मथ्थर पार्न बल प्रयोग गरेकोप्रति बिरोध गरेका छन् । 
यसैबीच स्थानिय जनआन्दोलन चौकमा भएको प्रदर्शनको क्रममा चिनको झण्डा समेत जलाइएको छ । “चिन गो ब्याक” नारा लेखेको चिनको झण्डा समेत जलाइएको हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट