News Category 2072/07/18

आन्दोलन सशक्त पार्न बार इकाईका पदाधिकारीसँग अन्तरक्रिया

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १७ कात्तिक ।
बौद्धिक समाज सप्तरीले मंगलबार पुनरावेदन बार एशोसिएशन ईकाईको सभा भवनमा बारका पदाधिकारी तथा सदस्यहरुसँग मधेश आन्दोलनलाई सशक्त बनाउन परामर्श लिने उद्देश्यले एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
समाजका संयोजक प्राध्यापक अमरकान्त झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ राजनितिज्ञ खुशी लाल मण्डलले सप्तरीको गौरान्वित इतिहास बारे चर्चा गर्दै मधेश जनआन्दोलनलाई सशक्त बनाउन आम बृद्धिजीवी, पेशाकर्मी तथा न्याय क्षेत्रमा कार्य गर्ने पेशाकर्मीको परम कर्तव्य रहेको बताउनुभयो । 
मण्डलले मधेश तराईका जातीय नेताहरु आप्mनो जातलाई बेचेर विजय कुमार गच्छदार (थारु), विश्वेन्द्र पासवान (दलित) र मेघराज निषाद (मल्लाह) लाई मधेशका विभिषणको संज्ञा दिदै मन्त्रिमण्डलमा पुगेका आरोप लगाउनुभयो । 
सो अवसरमा पुनरावेदन बार एशोसिएशन इकाईका अध्यक्ष महेन्द्र कुमार चौधरी, बरिष्ठ अधिबक्ता अमर बहादुर पाण्डे, पुर्व अध्यक्ष श्याम नारायण साह, मधेशी लयर्स एशोसिएशनका अध्यक्ष भोगेन्द्र यादव, पुर्व अध्यक्ष अशोक कुमार चौधरी, अधिबक्ताहरु श्रीमति पार्वती जोशी थारु, हेम कुमार मिश्रा, इन्द्र देव सिंह, कृष्णानन्द देव, राम कुमार यादव, देव नारायण यादव, रामजी साह, सुई सुगम्बर यादव र समाजका सचिव अनिल कुमार अनलले मधेश आन्दोलनलाई सशक्त बनाउँने अन्तरक्रियामा परामर्श दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट