News Category 2072/07/22

दुई दिनका लागि बैंक खुल्ने आज राजमार्ग ठप्प हुँदै

दैनिक समाचारदाता

राजविराज÷मधेश मोर्चा सप्तरीले तिहार र छठपर्वलाई ध्यानमा राखी सर्वसाधारणलाई केही राहत पुग्ने उद्देश्यले जिल्लाका बैंक तथा वित्तिय संस्थाहरु सोमबार र मंगलबारका लागिसुचारु गर्ने निर्णय गरेको छ ।  
मोर्चाका सूचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा शनिबार जारि विज्ञप्तिमा सो कुरा उल्लेख छ । 
मोर्चा संयोजक सुनिल कुमार झाको अध्यक्षतामा बसेको वृहत बैठकले राजमार्ग केन्द्रित आन्दोलनलाई अझ सशक्त बनाउने र व्यापक जनसहभागितामा राजमार्ग ठप्प पार्ने कार्यक्रमलाई सफल बनाउन आइतबार रुपनी तथा भारदह खण्डमा विहानैदेखि धर्नामा बस्ने विज्ञप्तिमा जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट