News Category 2072/07/23

चार सय लिटर पेट्रोलियम पदार्थ मोर्चाले नियन्त्रणमा लिए

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २२ कात्तिक ।
दशै लगतै मधेशी मोर्चाले सप्तरीको विभिन्न सिमावर्ती नाका भएर पेट्रोलियम पदार्थ चोरी तस्करी नियन्त्रण अभियानलाई निरन्तरता दिएका छन । 
यसैक्रममा मोर्चाका नेता तथा कार्यकर्ताहरुले छिन्नमस्ता गाविस ७ स्थित मोहनपुर टोलबाट १०० लिटर डिजेल, १० लिटर मटितेल र २५ लिटर पेट्रोल नियन्त्रणमा लिएका छन । मोर्चाका स्थानीय नेताहरु सुरेन्द्र यादव, दिपेन्द्र यादव, मनोज यादव, हरेराम यादव, पिन्टु यादव, कृष्ण कुमार यादव सहितकाहरुको नेतृत्वमा सो पेट्रोलियम पदार्थ नियन्त्रणमा लिएका हुन । 
त्यस्तै सप्तरीकै बरहीबिरपुर गाविस स्थित महाविर चौकमा समेत मोर्चाका नेता तथा कार्यकर्ताहरुले १ सय ३५ लिटर डिजेल नियन्त्रणमा लिएका छन । मोर्चाका बिनोद कुमार यादव, होमेन्द्र राय, भवेन्द्र राय, संजिव कुमार यादव, शिब नारायण यादव, दिनेश राय सहितकाहरुको नेतृत्वमा भारतबाट अवैध रुपमा चोरी तस्करी गरी डिजेल नेपाल भित्राईरहेको अवस्थामा नियन्त्रणमा लिएका हुन । 
यसैगरी जिल्लाकै कोचाबखारी गाविसस्थित लोरखम टोलबाट मोर्चाका नेता तथा कार्यकर्ताहरुले १ सय ३५ लिटर डिजेल नियन्त्रणमा लिएका छन । 
विगत लामो समयदेखि मधेशमा आन्दोलन जारी रहदाँ मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले बढ्दो पेट्रोलियम पदार्थ चोरी तस्करी नियन्त्रण अभियानलाई निरन्तरता दिदै आएको मधेशी मोर्चा सप्तरीका संयोजक एवं सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट