News Category 2072/07/29

मंसिर ५ देखी राजमार्ग केन्द्रित आन्दोलन सशक्त हुँदै

दैनिक समाचारदाता

राजविराज÷ मधेशी मोर्चा सप्तरीले मंसिर ५ गतेदेखि राजमार्ग केन्द्रित आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ ।  
मोर्चाका संयोजक सुनिल कुमार झाको अध्यक्षता तथा सचिवालय सदस्यहरु एवं मोर्चाका सल्लाहकारहरुको उपस्थितिमा बिहीबार सम्पन्न बैठकले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो । 
सम्पन्न मोर्चाको बैठकले कात्तिक २९ गते सर्वपक्षिय (पैशागत संघ संगठन, शिक्षक युनियन, जातिय संघ संस्था, पत्रकार, नागरिक समाज लगायत जारी आन्दोलनमा एक्यवद्धता जनाउन सम्पुर्ण निकायसँग तथा कात्तिक ३० गते बृद्धिजिवीहरुसँग छलफल गर्ने निर्णय भएको मधेशी मोर्चा सप्तरीका सचिवालय सदस्य तथा सुचना तथा संचार विभाग सदस्य गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट