News Category 2072/07/29

चित्रगुप्तको कलम ६५ हजार ५ सय ५५ मा बिक्रि

दैनिक समाचारदाता

राजविराज÷चित्रगुप्त सेवा समिति राजविराजले हरेक वर्ष झैं यस वर्ष पनि भाईटिकाको दिन चित्रगुप्तको पुजा गरि कलम बिक्री गरेको छ । 
यस वर्ष उक्त कलम ६५ हजार ५ सय ५५ रुँपैयामा राजविराज ९ निवासी रबि कुमार निधीले प्राप्त गर्नुभएको छ । 
शुक्रबार चित्रगुप्त सेवा समिति राजविराजमा आयोजना गरिएको एक कार्यक्रमबीच समितिले सो कलमको मूल्य ५ हजार ५ सय ५५ रुँपैया तोकेकोमा विभिन्न व्यक्तिहरुले डाकबोलबाल गर्दा निधीले सबैभन्दा बढी रकम बोलेकोले उहाँलाई सो कलम बिक्रि गरिएको समितिका अध्यक्ष अशोक कुमार कर्णले जानकारी दिनुभयो । 
यसअघि गत वर्ष सिरहा निवासी अमोद कुमार लाल कर्णले रु. ४५ हजार ५ सय ५५ रुँपैयामा सो कलम प्राप्त गर्नुभएको समितिका सल्लाहकार डा. शुशिल मोहन दासले जानकारी दिनुभयो । २०३६ सालदेखी निरन्तर चित्रगुप्तको कलम बिक्रि हुँदै आएको उहाँले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट