News Category 2072/07/24

मधेशी मोर्चाद्वारा प्रहरी रबैयाको भत्र्सना

दैनिक समाचारदाता

दैनिक संवादादाता
राजविराज, २३ कात्तिक । 
मधेशमा जारी शान्तिपुर्ण आन्दोलनको क्रममा आइतबारराति सप्तरीको रुपनी र भारदहमा भएको घटनाको मधेशी मोर्चा सप्तरीले घोर भत्र्सना गरेको छ । 
मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा जारी विज्ञप्तीमा मोर्चाको शान्तिपुर्ण आन्दोलनलाई सम्बोधन गर्नुको सट राज्यपक्ष निरन्तर दमनमा उत्रेको उल्लेख गरिएको छ । 
हस्ताक्षरित विज्ञप्तीमा सोही क्रममा पछिल्लो पटक प्रहरीले राति जिल्लाको रुपनी तथा भारदहमा शान्तिपुर्ण आन्दोलनको क्रममा धर्नामा बसेको मधेशी निहत्था जनतामाथि बर्बरतापुर्वक ढंगले लठी र अश्रृ ग्याँस प्रहार गरी डेढ दर्जनलाई घाईते बनाउनुका साथै दुई दर्जनलाई पक्राउ गरेको घटनाको घोर भत्सर्ना गरेको छ । 
वर्तमान सरकारले निरंकुशताको पराकाष्ठा नाघेर मानव नरसंहार उत्रेको वर्तमान शाषकको निरन्तरको अमानविय क्रियाकलाप र दमनको मोर्चा घोर निन्दा र भत्सर्ना गर्दै अधिकार प्राप्तिको निर्णायक र शान्तिपुर्ण आन्दोलनमा शासक वर्गले गर्ने हरेक खाले दमनको साहसपुर्वक समाना गर्दै हामी अझ उत्साह, सशक्त र एक जुटताका लागि सदन देखि सडक सम्मको आन्दोलनको आन्दोलनमा होमिएको जनाएको छ । 
मधेशमा विगत ८७ औं दिन देखि मधेशमा जारी अभुतपुर्व आन्दोलनले लक्ष्य र अधिकार प्राप्त नगरेसम्म जारी हरने उदघोषका साथ जारी निर्णायक आन्दोलनलाई अझ सशक्त र निष्कर्णमा पुयाउन आम जनसमुदायको सदा झै निरन्तर सहयोग, सदभाव र सक्रिय सहभागिता कायम रहने अपेक्षा समेत गरिएको छ । 
साथै प्रहरीको लाठीबाट आधा दर्जन प्रदर्शनकारी घाईते भएको तथा दुई दर्जन आन्दोलनलाई प्रहरीले पक्राउ गरेको घटनाको मधेशी मोर्चाले घोर भत्सर्ना गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको समेत कामना विज्ञप्ती मार्फत गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट