News Category 2072/07/30

मधेशलाई छुट्टै स्वतन्त्र तराई बनाउने आन्दोलनमा लागौं ः डा. सीके राउत

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २९ कात्तिक । 
स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सि.के राउतले मधेशलाई छुट्टै स्वतन्त्र तराई बनाउन आन्दोलनमा लाग्न सम्पुर्ण मधेशी जनसमुदायसँग अनुरोध गर्नुभएको छ ।
मधेशी ईन्जिनियरिङ्ग विद्यार्थी एशोसिएशनको आयोजनामा आईतबार राजविराजस्थित पवि उच्च माविको विद्यालय प्राङ्गणमा आयोजित मधेश प्रिमियर लिगको फाईनल खेलको समापन्न समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले सो अनुरोध गर्नुभएको हो । 
प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै डा.राउतले मधेशमा विगत ९२ दिनदेखि आन्दोलन जारी रहँदा पनि वर्तमान सरकार मौन रहेको बताउँदै भन्नुभयो, “अब मधेशी जनताहरुले धेरै भिख माँगिसकेका छन्, अब सम्पुर्ण मधेशी जनताहरुलाई स्वतन्त्र मधेशको झण्डा उठाउँनुपर्छ ।”
उहाँले भन्नुभयो, “जुन ब्यक्तिहरुले नेपालीहरुको गुलामी गर्न चाहदैन, उनीहरुका लागि स्वतन्त्र तराईको झण्डा, पर्चा, पप्पलेट आदि खुल्लेआम उपलब्ध छ ।”
उहाँले मधेशलाई स्वतन्त्र तराईको आजादीका लागि गुलामीको जंजिर तोडी मधेश तराईलाई आजादी दिनका लागि स्वतन्त्र तराईको पक्षमा लाग्न अनुरोध समेत गर्नुभयो । 
एक अर्को प्रसङ्गणमा उहाँले वर्तमान आन्दोलनबाट खासै उपलब्धि नपाएको भन्दै अब मधेशलाई छुटै स्वतन्त्र देश बनाउनका लागि सम्पुर्ण तराईबासीहरुलाई आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो । 
मधेश प्रिमियर लिगको फाईनल खेलको समापन्न समारोहमा विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, युवा विद्यार्थी मोर्चाका सहसंयोजक तारकेश्वर प्रसाद यादव, उम्देश्वर साह, नेपाल सदभावना पार्टी गजेन्द्रवादीकी केन्द्रिय सदस्य सावृत्रि पण्डित, समाजसेवी सुर्य नारायण यादव लगायतकाहरुको उपस्थिति रहेको थियो । 
यसैबिच सोही मधेश प्रिमियर लिगमा उम्देश्वर साहका छोरा अमेरिकामा बस्दै आउँनुभएका सत्येन्द्र साहले ५० हजार आर्थिक सहयोग प्रदान गरेको मधेशी ईन्जिनियरिङ्ग विद्यार्थी एशोसिएशनका संयोजक ई.संजिव नारायण यादवले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट