News Category 2072/08/04

राज्य, एरिया र जिल्ला कमिटीका १ सय ५० जनाद्वारा एमाओवादी परित्याग अरुण साहको अध्यक्षता नयाँ शक्तिको जिल्ला कमिटी गठन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ मंसिर । 
एमाओवादी परित्याग गरेर सप्तरीबाट पार्टीका राज्य समिति सदस्यहरु, एरिया संयोजकहरु र जिल्ला कमिटी सदस्यहरु लगायत १ सय ५० जना डा. बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको नयाँ शक्तिमा प्रवेश गरेका छन् । 
सो पार्टीका नेता रामचन्द्र झाको प्रमुख आतिथ्यमा राजविराजमा बिहीबार आयोजित एक भेलाबाट महेन्द्र पासमान, रामकुमार शर्मा र रामरिझन यादवको उपस्थितिमा वाइसिएलका मिथिला राज्य संयोजक तथा एमाओवादीका राज्य सचिवालय सदस्य अरुण कुमार साहको अध्यक्षतामा ७५ सदस्यीय नयाँ पार्टी सप्तरी जिल्ला कमिटी गठन भएको हो । 
भेला पश्चात् प्रेषित प्रेस विज्ञप्तिमा हाल मधेशमा भइरहेको आन्दोलनमा समर्थन र सकृय सहभागिता जनाउने निर्णय भएको उल्लेख छ । 
यस्तै विज्ञप्तिमा कमिटीको सदस्यहरुमा एमाओवादीका राज्य सचिवालय सदस्य छेदी साफि (बिमल), प्रेम नारायण यादव, चन्द्रदेव मण्डल, जयप्रकाश राउत, देवलाल माली, लक्ष्मी चौधरी, दिप नारायण साह, राम प्रसाद मण्डल, सिहेश्वर साह रहेको उल्लेख छ । 
त्यसैगरि तेज नारायण यादव, मखन साह, राम अवतार यादव, राजु जयसवाल, भुवनेश्वर पासमान, रामचन्द्र यादव, सुर्य नारायण मण्डल कुरुड, राजलाल राम, प्रकाश गुप्ता, उज्जवल विक, कमला गौतम साह, हिरु चौधरी, शम्भु चौधरी, शितल यादव, राम नारायण यादव, रामकृष्ण पासवान, जितेन्द्र यादव, सोभित साह, कपलेश्वर ठाकुर, लिलाकान्त साह, मुसहरु मण्डल, संतोष देव, गुलाव शर्मा, दिपेन्द्र देव, शम्भु यादव, ब्रहमदेव मण्डल, भुवन साह, राज कुमार विश्वास, ताज महमद, रसुल राईन, हिरु चौधरी, प्रभु पण्डितलगायत रहेका छन् ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट