News Category 2072/08/04

सरकारले मिडिया मार्फत संविधानको प्रचारवाजी गराउन लागेको आरोप

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ मंसिर । 
नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य हेम शंकर सिंहले देशको प्रमुख तीन दलद्वारा जारी गरिएको संविधानले आफ्नो हक अधिकारको ग्यारेण्टी नगरेकोले मधेश र थरुहटमा जारी आन्दोलन र सोको क्रममा बगेको रगत सुक्न नपाउँदै नेपाल सरकारले मिडिया मार्फत संविधानको प्रचारवाजी गराउन लागेको कार्य प्रति गम्भीर ध्यान आकृष्ट भएको जनाउनु भएको छ । 
सिंहद्वारा बिहीबार जारि विज्ञप्तिमा जारी आन्दोलनमा मधेश र थरुहटका मिडिया र पत्रकारहरुको मात्र नैतिक समर्थन मात्र रहेकोमा आन्दोलनकै अवस्थामा स्थानिय पत्रपत्रिका र विद्युतीय संचार माध्यममा कानून मन्त्रालय र संचार मन्त्रालयद्वारा जारी संविधानको विशेषता सम्बन्धी सामग्री जबरजस्ती प्रकाशित गर्न लगाइएको घटनाले स्थानीय संचार माध्यमहरुको राज्यले घाँटी निमोठ्ने कार्य गर्न लागेको आरोप लगाउनु भएको छ ।
विज्ञप्तिमा सार्थक वार्ताको माध्यमले संविधान संशोधन भइ मधेश र थरुहटले पनि संविधान स्वीकार गर्नुपर्ने अवस्था सिर्जना नहुञ्जेल कुनै पनि प्रकारको सरकारी सूचना सामग्री प्रकाशित नगरी जारी आन्दोलनमा थप सहयोग पु¥याउन सम्पूर्ण संचारउद्यमीहरुसँग विनम्रतापूर्वक आग्रह गर्दै यस सन्दर्भमा आन्दोलनरत पक्षहरुद्वारा चौतर्फी सशक्त विरोध जनाई स्थानीय संचार माध्यमलाई जोगाउन पहल गर्न समेत आग्रह गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट