News Category 2072/08/07

प्रहरी भ्यानमा तोडफोड र आगजनी, अस्पतालमा प्रहरीको ज्यादती

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ६ मंसिर । 
सप्तरीको भारदह र रुपनीमा शनिबार राती प्रहरीको गोली लागि दुई आन्दालनकारीको मृत्यु भएको आइतबार बिहानैदेखी सप्तरीको विभिन्न स्थानमा प्रदर्शन जारि रहेको छ । 
सोही क्रममा आन्दोलनकारीहरुले राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा प्रहरीको एक भ्यानलाई प्रदर्शनकारीहरुले तोडफोड गर्नुका साथै आगजनी गरेका छन् । 
ना.१झ. १३१६ नम्बरको जिल्ला प्रहरी कार्यालय सप्तरीको भ्यानलाई प्रदर्शनकारीहरुले तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् । 
सोही क्रममा प्रहरीले आन्दोलनकारीमाथी लाठी प्रहार गर्दै तितरबितर गरेको थियो भने अस्पताल प्रशासनका कर्मचारी तथा चिकित्सकको आवासमा रहेका व्यक्तिहरुलाई समेत कुटपिट गरेको थियो । 
सो कुटपिटबाट ल्याब टेक्निसियन विश्वनाथ मण्डल, हेल्थ असिस्टेन्ट रामकुमार दियाली, अहेब रामकुमार यादव, अहेब सुवोध मेहता, अहेब राजाराम यादव, अहेब रजनीकान्त चौधरी र देवानन्द मण्डल घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट