News Category 2072/08/07

दुई प्रहरी बीटमा आगजनी, सुन्दरी खोलाको पुल भत्काए

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ६ मंसिर । 
शनिबार राती प्रहरीको गोली लागि दुई जनाको मृत्यु भए लगत्तै आइतबार बिहानबाट उग्र रुप लिएको मधेशी मोर्चाको आन्दोलनका क्रममा राजविराजस्थित दुई प्रहरी बिटमा प्रदशर्नकारीहरुले आगजनी गरेका छन् । 
राजविराज रुपनी मोडस्थित नेपाल प्रहरी बिट र बागेश्वरी मन्दिर नजिकै रहेको सशस्त्र प्रहरी बिटलाई आन्दोलनकारीहरुले आगजनी गरेका हुन् । 
यस्तै राजविराज रुपनी सडक खण्डस्थित मलेठमा आइतबार बिहान आन्दोलनकारीहरुले मिलन डेरीको दुधको गाडीबाट दही निकालेर सडकमा फ्यालिदिएका छन् । 
त्यस्तै आन्दोलनकारीहरुले पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको बरमझियास्थित सुन्दरी खोला पक्कि पुलको आधा भाग भत्काएका छन् । 
यस्तै आइतबार बिहान मोर्चाका कार्यकर्ताहरुले रुपनीमा काठमाडौंबाट आउँदै गरेको एक रातो रंगको पल्सर मोटरसाइकलमा आगजनी समेत गरेका छन् । 
सो क्रममा बरमझियास्थित सशस्त्र प्रहरी गणबाट आएका सशस्त्र प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा आधा दर्जन आन्दोलनकारी घाइते भएका छन् । 
पुलबाट एकतर्फि सवारीसाधनहरु मात्र चल्ने अवस्थामा रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट