News Category 2072/08/08

नापी शाखा, काँग्रेस पार्टी, भन्सार तथा भूसंरक्षणमा आगजनी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ७ मंसिर । 
राजविराज ५ स्थित नापी शाखा कार्यालयमा सोमबार साँझ मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेका छन् । 
सो आगजनीबाट कार्यालय परिषरमा रहेको बा १ झ ३४०९ नम्बराको जिप पूर्ण रुपले जलेर नष्ट भएको छ । 
राजविराज नगरपालिकाको बारुण यन्त्रले सो आगजनी नियन्त्रणमा लिएको थियो । 
यसैगरि नेपाली काँग्रेस सप्तरीको पार्टी कार्यालयमा समेत आगजनी भएको छ । आगजनी हुने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको पार्टीका जिल्ला सभापति दिनेश कुमार यादवले जानकारी दिनुभयो । उहाँले आगजनी मधेशी मोर्चाले गरेको दाबी गर्नुभएको छ । 
यता मधेशी मोर्चाका जिल्ला संयोजक सुनिलकुमार झाले आगजनी आफूहरुले नगराएको दाबी गर्नुभएको छ । 
यसअघि सोमबार बिहान राजविराज ५ स्थित जिल्ला भूसंरक्षण कार्यालयमा समेत मोर्चाले आगजनी गरेको थियो । सो आगजनीबाट कुनै क्षति  भएको थिएन ।  
यस्तै जिल्लाको को. बर्साइन प्रहरी चैकीमा आइतबार राती मोर्चाले आगजनी गरेको छ । खाली रहेको प्रहरी चौकीमा आगजनी हुँदा चौकी व्यापक रुपमा जलेको छ । 
यस्तै जिल्लाको तिलाठी गाविसमा रहेको राजविराज भन्सार कार्यालयमा मोर्चाले आगजनी गरेका छन् । समयमै प्रहरी पुगेपछि आगजनीबाट ठूलो क्षति हुन पाएन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट