News Category 2072/08/09

मोर्चाद्वारा आन्दोलनका क्रममा संचारकर्मी तथा प्रेसमाथी भएको आक्रमणको भत्र्सना मोर्चा बारे गरिएको गलत तथा भ्रामक प्रचारमाथी नलाग्न आग्रह

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ८ मंसिर । 
मधेशी मोर्चाले अधिकार प्राप्तिको आन्दोलन अधिकार प्राप्त नभएसम्म जारी रहने तथा आन्दोलनमा सम्पुर्ण पक्षलाई सहयोग गर्न अनुरोध गरेको छ । 
अधिकार प्राप्तिको निर्णायक मधेश आन्दोलनलाई थप सशक्त एवं व्यवस्थित बनाउने सन्दर्भमा सप्तरीका पत्रकारहरुसँग मधेशी मोर्चाले मंगलबार अन्तरक्रिया कार्यक्रमको मोर्चाले यस्तो अनुरोध गर्दै सदा झै अधिकार प्र्राप्तिको आन्दोलनमा सहयोग र सदभावको अपेक्षा समेत राखेको छ ।
साथै मोर्चाले आन्दोलन सम्बन्धि समाचार संकलनका क्रममा विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुमाथि भएको भौतिक आक्रमण, सवारीसाधनमा तोडफोड तथा प्रेसमा भएको आक्रमक क्रियाकलापप्रति मोर्चा घोर भत्सर्ना एवं निन्दा गर्नुका साथै संचारकर्मीहरुको सवारी साधन र प्रेसमा भएको क्षतिको उचित क्षतिपुर्ति तथा दोषी प्रहरीलाई कडा कार्वाही गर्न माग गरेको छ ।
राजविराजस्थित जेसिज भवनमा मोर्चाका संयोजक सुनिल कुमार झाको अध्यक्षतामा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा यहाँका संचारमाध्यमहरुलाई थप सशक्त बनाउन सुचना प्रवाह, सत्यतथ्य समाचार संकलन, मोर्चा र पत्रकारहरु बिच समन्वयकारी भुमिका लगायतका समसामायिक परिस्थितिको विषयमा छलफल भएको सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 
सो अन्तरक्रृया कार्यक्रममा मधेशी मोर्चा सप्तरीले स्थापना गरेको सुचना डेस्कलाई थप व्यवस्थित पार्न यस अघि अमरनाथ मण्डलको संयोजकत्वमा गठित सुचना तथा संचार समितिलाई विस्तार गर्दै ५ सदस्यीय बनाएको छ । गठित समितिमा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवण कुमार देव र मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवलाई थप गरिएको छ । यसअघि गठित समितिको सदस्यमा मोर्चाको तर्फबाट गजेन्द्र नारायण मण्डल र उपेन्द्र साह समेत रहेका छन । 
सो अन्तरक्रिया कार्यक्रममा मधेशी मोर्चासँग आवद्ध केन्द्रिय नेताहरुका साथै विभिन्न संचारमाध्यममा कार्यरत संचारकर्मीहरुको उल्लेखिय सहभागिता रहेको थियो । यसैगरी उचाईमा पुगिरहेको मधेश आन्दोलनमा केही घुसपैठिया तत्वहरुले मोर्चाको विषयमा गलत र भ्रामक प्रचार गरिरहेको भन्दै यस्ता गलत र भ्रामक प्रचारहरुको पछि नलाग्न मोर्चाले हार्दिक अपिल समेत गरेको छ । 
साथै आन्दोलनको क्रममा सुरक्षा संयन्त्र र मधेशी मोर्चाबिच कुनै भद्र सहमति नभएको आम संचारकर्मी तथा संचारमाध्यमहरुलाई जानकारी समेत गराएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट