News Category 2070/04/31

कुरितीजन्य हिंसा अन्त्यका लागि प्रजिअलाई ज्ञापनपत्र

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ३० साउन । 
कुरितीहरुका कारण हिंसाको बढ्दै गएको भन्दै कुरितीजन्य हिंसा अन्त्य राष्ट्रिय सञ्जाल सप्तरीले बुद्यवार राजविराजमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी लगायतका अधिकारीहरुलाई ज्ञापनपत्र बुझाएको छ । 
सञ्जालको आयोजनामा महिलाहरुले राजविराजमा ¥याली प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेल लगायतलाई ज्ञापनपत्र बुझाएको हो ।
तराईका जिल्लाहरुमा कायम रहेको दाइजो, छुवाछुत, बहुबिवाह, बालबिवाह, बैकल्या जस्ता कुरितीहरुका कारण  दलित, बिपन्न र महिलाहरुमाथि यातना र बिभत्स हत्या गर्ने क्रम बढ्दै गएको उल्लेख गर्दै प्रजिअ पौडेललाई बुझाएको ज्ञापनपत्रमा हिंसाको शिकार भएकाहरुलाई क्षतिपुर्ति दिलाउन र कुरिती अन्त्यका लागि भरपर्दाे कदम चाल्न माग गरिएको छ । 
सञ्जालका अध्यक्ष अनिता देवकोटाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पीडितहरुको मागलाई बेवास्ता गरेमा आफ्नो स्वतन्त्रतापुर्वक बाँच्न पाउने हक संरक्षण गर्न सञ्जालले देशव्यापी आन्दोलन थाल्ने उल्लेख छ । 
प्रजिअलाई ज्ञापनपत्र बुझाएपछि आयोजित कोणसभामा बोल्दै सञ्जालका पदाधिकारीहरुले समाजमा जरो गाडेर बसेका कुरितीहरुको अन्त्यका लागि सञ्जाल गठन भएको बताएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट