News Category 2072/08/09

प्रदर्शन जारि, बन्दकर्ताले हटिया समेत बन्द गरायो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ८ मंसिर । 
मधेश आन्दोलन ३ सुरु भएको मंगलबार १ सय दुई दिन भएको छ । यस अवधीमा ५१ जनाको ज्यान गएको छ । जसमध्ये सप्तरीबाट ६ जनाले ज्यान गुमाएका छन् । 
आन्दोलनकै क्रममा शनिबार र आइतबार सप्तरीको भारदह, रुपनी र राजविराज गरि चार जनाले ज्यान गुमाएका छन् । यसअघि सप्तरीको भारदहमै भदौं १ र २३ गते प्रहरीको गोली लागि दुई जनाको ज्यान गएको थियो । 
भारदह, रुपनी र राजविराजको घटनाको बिरोधमा पुनः सप्तरीमा चर्केको आन्दोलनका कारण जनजिवन अस्तव्यस्त बनेको छ । 
आन्दोलनकारीहरुले मंगलबार बिहान राजविराजस्थित तरकारी हटिया समेत बन्द गराएका छन् । मंगलबार बिहान राजविराज क्षेत्रबाट ताजा र हरियो तरकारी बिक्रि गर्न हटियामा आएका सानो तरकारी व्यापारीहरुले समेत आफ्नो पसल बन्द गरेका छन् । 
यता मंगलबार बिहानैदेखी राजविराजमा प्रहरीको उपस्थिति नरहेकोले कुनै अप्रिय घटना भएन् । यसअघि सोमबार प्रहरीले राजविराजस्थित विभिन्न स्थानमा सर्वसाधारणहरुलाई घरघरमा पसेर कुटपिट समेत गरेको उनीहरुले आरोप लगाएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट