News Category 2072/08/10

संचारकर्मीले पनि प्रहरी बिरुद्ध गरे प्रदर्शन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ मंसिर । 
सप्तरीका सम्पूर्ण संचारकर्मीहरु बुधबार राजविराजमा प्रहरी दमनको बिरोध गर्दै प्रदर्शन गरेका छन् । 
नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाईमा निस्केको जुलुसले राजविराज नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
जारि मधेश आन्दोलनमा प्रहरी अमानविय तरिकाले प्रस्तुत हुँदै आन्दोलनकारीहरुलाई अपब्द प्रयोग गरेर गोली प्रहार गरेको भन्दै तथा आन्दोलनकै क्रममा आइतबार राजविराजमा प्रहरीले केही संचारकर्मीहरुलाई कुटपिट, दुरव्यबहार तथा प्रेस र मोटरसाईकलमा गरिएको तोडफोड गरेको बिरोधमा संचारकर्मीहरुले सो बिरुद्ध प्रदर्शन गरेका थिए । 
नागरिक, पत्रकार र स्वास्थ्यकर्मीमाथिको दमन बन्द गर, मधेशको माग अविलम्व सम्बोधन गर भन्ने मुल नाराका साथ पत्रकारहरुद्वारा निकालिएको बिरोध जुलुस नगर परिक्रमा पश्चात् पुनः महासंघ अगाडी पुगेर समापन्न भएको थियो । सो समारोहमा महासंघका कावा अध्यक्ष श्रवण कुमार देवले सप्तरीमा भएको प्रहरी दमन र पत्रकार माथि गरिएको दुव्यवहार र प्रेस र पत्रकारको मोटरसाईकलमा गरिएको तोडफोड घटनाको घोर भत्सर्ना गर्दै प्रहरी दमन बन्द नगरे पत्रकारहरु समेत आन्दोलन ओलर्ने चेतावनी समेत दिनुभयो । बिरोध जुलुसमा दर्जनौ संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट