News Category 2072/08/11

प्रहरी ज्यादती बिरुद्ध स्वास्थ्यकर्मीहरु आन्दोलित आकस्मिक र प्रसुती सेवा बाहेक सम्पूर्ण सेवा ठप्प

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० मंसिर । 
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचलका चिकित्सक तथा कर्मचारीहरुलाई प्रहरीले ज्यादती, दमन र कुटपिट गरेको बिरोधमा सोमबारदेखी सप्तरीका सम्पूर्ण स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।
जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मीहरु अस्पतालको प्राङणमा धर्नामा बसेका छन् । गत आइतबार प्रहरीले अस्पतालभित्र चिकित्सक, स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरु माथी गरेको कुटपीट तथा देखाएको अमानविय व्यवहारप्रति सप्तरीका सम्पूर्ण टे«ड युनियन पदाधिकारीहरु आन्दोलित भएका हुन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपी, डिएसपीको निलम्बन, सुरक्षाको ग्यारेन्टी र घाइतेहरुको उपचार तथा क्षतिपूर्तीको व्यवस्था हुनुपर्नेमाग माग अघि सार्दै गठित संयुक्त संघर्ष समितिको नेतृत्वमा 
धर्नामा बसेका हुन् । यसअघि जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मीहरुले बिरोध जुलुस समेत प्रदर्शन गरेका थिए ।
प्रहरी दमनको बिरोधमा अस्पतालसहित सप्तरीका सम्पूर्ण स्वास्थ्य संस्था र कार्यालयहरुको सेवा आइतबारदेखी पूर्ण रुपमा ठप्प रहेको छठ । अहिले अस्पतालले आकस्मिक सेवा टेन्ट लगाएर सञ्चालन गरेको छ भने आकस्मिक प्रसुती सेवा समेत संचालन गरेको छ ।
शनिबार राती प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएपछि आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताहरुले अस्पताल भित्रै रहेको प्रहरी भ्यान जलाएपछि प्रहरीले अस्पताल प्राङ्गण भित्र छिरेर चिकित्सक एवं कर्मचारीहरुलाई कुटपिट गरेको थियो ।
यता स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण जिल्लाका बिरामीहरुलाई असुविधा भएको छ । जारि मधेश आन्दोलनका कारण यातायात नचल्दा उनीहरु स्वास्थ्य उपचारका लागि जिल्ला बाहिर पनि जान सकिरहेका छैनन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट