News Category 2072/08/12

आन्दोलनका क्रममा मृत्यु भएका चारै जनाको शवयात्रा आज

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ११ मंसिर । 
मधेशी मोर्चा सप्तरीको सम्पन्न बैठकले प्रहरीको गोलीबाट मृत्यु भएका चारै जनाको शवयात्रा शनिबार बिहान गर्ने निर्णय गरेको छ । 
यसअघि स्थानिय सुरक्षा निकायले बिहीबार सिफारिस गरिचारै जनालाई सहिद घोषणा गर्ने निर्णय गृहमन्त्रालयमा पठाएको थियो । 
मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा जारी विज्ञप्तीमा मोर्चाका संयोजक सुनिल कुमार झाको अध्यक्षतामा सम्पन्न मोर्चाको बैठकले गत शनिबार र आईतबार आन्दोलनको क्रममा शहादत प्राप्त गरेका जिल्लाको डाढा गाविसका बलिया बथनाहा निवासी बिरेन्द्र राम, जमुनी मधेपुरा ९ छपकी निवासी नागेश्वर यादव, जमुनी मधेपुरा ४ परसाही टोल निवासी शिबशंकर दास र राजविराज नगरपालिका १ निवासी दिलिप कुमार साहको शवयात्रा निकाल्ने जनाएको छ । 
हस्ताक्षरित विज्ञप्तीमा उनीहरुको पार्थिक शरीर शनिबार विहान ७ बजेदेखि ८ बजेसम्म एक घण्टा गजेन्द्र चौकमा राखि अन्तिम श्रद्धाञ्जली तथा बिहान ८ बजेदेखि सप्तरी सदरमुकाम राजविराज, रुपनी, शम्भुनाथ, कदमाहाहुँदै सिरहाको लहानस्थित शहिद रमेश चौकमा श्रद्धाञ्जली अर्पण गर्ने तत्पश्चात कंचनरुप नगरपालिका र भारदह, मंसापुरहुँदै राजविराजमा श्रद्धाञ्जली अपर्ण गर्ने कार्यक्रम हरेको छ । 
साथै उक्त शवयात्रा तथा श्रद्धाञ्जली कार्यक्रममा व्यापक रुपमा सहभागिताका लागि मोर्चाले बृद्धिजीवी, पत्रकार, अधिकारकर्मी, नागरिक समाज, युवा, विद्यार्थी, मजदुर, व्यवसायी, शिक्षक, प्राध्यापक, किसान तथा न्याय प्रेमी जनतामा हार्दिक अनुरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट