News Category 2072/08/12

दुर्घटनामा परि मृत्यु हुनेको संख्या तीन पुग्यो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ११ मंसिर । 
पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदहस्थित सडक खण्डमा शुक्रबार बिहान प्रहरी स्कर्टिङ्गमा रहेको एक यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको उपचारको क्रममा बिराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 
सो दुर्घटनामा परि मृत्यु हुनेको संख्या तीन पुगेको छ । यता दुर्घटनामा परि २३ जना घाइते मध्ये ९ जनाको अवस्था गम्भिर छ । 
सिन्धुलीबाट काँकडभिट्टतर्फ जाँदै गरेको ना.५ ख १६६४ नम्बरको मातृभाग्य रेखा यात्रुबाहक बस ओभरटेक गर्ने क्रममा सडकबाट २५ मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । 
दुर्घटनामा परी घटनास्थलमै मृत्यु हुनेमा धनुषा तुलसीपुर ७ का ९ वर्षिया बालिका निर्जला बस्नेत र एक जना यूवक रहेका छन् । मृतक यूवकको सनाखत हुन नसेपनि फेला परेको एटिएममा जीवनकुमार अधिकारी उल्लेख भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । 
यस्तै उपचारको क्रममा नाम थर नखुलेको अन्दाजी ३५ बर्षीय पुरुषको बिराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यृ भएको सप्तरीका प्रहरी नायब उपरिक्षक नारायण प्रसाद चिमरियाले जानकारी दिनुभयो । 
यता दुर्घटनामा परी गम्भिर घाईते भएका मध्ये तीन जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चार जनाको बिराटनगरस्थित लाइभ गार्ड अस्पताल र २३ जनाको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट