News Category 2072/08/12

मधेशी युवा दास्ता तयार गरी लाठ्ीफटको बलमा अधिकार लिने ः विद्यार्थी नेता यादव

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ११ मंसिर । 
संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवं विद्यार्थी इन्चार्ज अशोक कुमार यादवले मधेशको माग अविलम्व सम्बोधन नभए मधेशी युवा दास्ता तयार गरी लाठीफटाको बलमा अधिकार लिने बताउनुभयो । 
फोरम नेपाल निकट समाजवादी विद्यार्थी फोरम नेपाल जिल्ला कार्य समिति सप्तरीद्वारा शुक्रबार मधेशी पत्रकार समाजको कार्यालयमा अयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । 
उहाँले अहिले राष्ट्र राजनैतिकमा खस पहाडी शासकको बाहुलवाद रहेको स्पष्ट पार्दै समग्र प्रदेश स्वायत्त प्रदेश कायम नभएसम्म मधेशमा आन्दोलन जारी रहने उदघोष गर्नुभयो ।
संचारकर्मीहरुको जिज्ञासामा यादवले अहिलेको सरकार आतंककारी शैलीमा मधेशी जनतामाथि दमन गरेको भन्दै वर्तमान सरकार अव टिक्न नसक्ने अवस्थामा रहेकोले जातीय सद्भाव भडकाउन खोजेको आरोप लगाउँदै सोही अनुरुप स्थानीय प्रशासनले सर्वसाधारणको घर घरमा प्रवेश गरी गोली हान्ने र कुटपिट गर्ने कार्य गर्दै आएको स्पष्ट पार्नुभयो । 
उहाँले मधेश आन्दोलनमा थप दमन गर्नका लागि सरकारले सप्तरीसहित तराईका जिल्लाहरुमा विशेष सुरक्षा योजना लागु गरेको आरोप समेत लगाउनुभयो । 
एक अर्को प्रसङ्गमा उहाँले मुलुकमा भएको १६ बुुँदे सम्झौता कार्यान्वयन नहूदाँ राज्यको विडम्वना शुरु भएको उल्लेख गर्दै अन्तरिम संविधानमा अभिब्यक्ति स्वतन्त्रता भएपनि अहिले मधेशमा जारी शान्तिपुर्ण आन्दोलनमा वर्तमान सरकारले गुण्डागर्दी शैलीमा प्रहीलाई मधेशी जनतामाथि गोली हान्न लगाएको आरोप लगाउनुभयो । 
यादवले अगामी दिनमा राजमार्ग अवरुद्ध पार्न थप गुरु योजना बनाई मधेशी मोर्चाले सशक्त रुपमा आन्दोलनमा जाने उदघोष समेत गर्नुभयो । उहाले जारी मधेश आन्दोलनमा छिमेकी भारतले सदैव सहयोग गर्दै आएपनि चिनले मधेशी जनतासँग गदरी गरीरहेको आरोप लगाउनुभयो । 
स्थानीय प्रहरी प्रशासनको चरम दमनको सम्बन्धमा गत भदौ २९ गते सर्वोच्च अदालतले आन्तरिम आदेश जारी गरेपनि सो उल्लघंन गर्दै प्रहरीले मधेशी जनताको छाती र टाउकोमा गोली हान्ने र कुटपिट गर्ने गरेको आरोप लगाउनुभयो । 
आयोजित पत्रकार सम्मेलनमा उहाँले आन्दोलनकै क्रममा मंसिर ७ गते सोमबार प्रहरीले विद्यार्थी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष रमेश कुमार यादवलाई निर्घात कुटपिट गरेको घटनाको घोर भत्सर्ना गरेको छ ।यस्तै प्रहरीले चार जना सर्वसाधारणलाई विना कारण पक्राउ गरेको घटनाको भत्सर्ना गर्दै उनीहरुलाई अविलम्व रिहाईको लागि जोडदार माँग गरिएको छ । 
यादवलाई सशस्त्र प्रहरीले राजविराजस्थित मोडेल क्याम्पसबाट साह धर्मशाला तिर मधेशी मोर्चाको बैठकमा सहभागि हुन जादै गरेको अवस्थामा मोडेल क्याम्पसको पुल नजिक प्रहरीले उपाध्यक्षलाई घेरामा दिई बन्दुकको कुन्दाबाट मर्नासन हुने गरी कुटपिट गरेको थियो । 
प्रहरीको कुटाईबाट यादवको बायाँ काँधको भागमा गम्भिर चोट लागेपछि गम्भिर घाईते यादवको त्यहाँ उपचार हुन नसकेपछि भारतको दरभंगाबाट उपचार गराई भर्खरै फर्किएको तथा उक्त घटनाको विद्यार्थी फोरम नेपालले घोर भत्सर्ना गरेको छ । 
समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष तारकेश्वर प्रसाद यादवको अध्यक्षतामा आयोजित सो पत्रकार सम्मेलनमा विद्यार्थी फोरमका रमेश कुमार यादव, दिनेश यादव, जिवछ यादव, रिता शर्मा यादव सहित दुई दर्जन भन्दा बढी संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट