News Category 2072/08/13

आन्दोलनका क्रममा मृत्यु भएका चारै जनाको शवयात्रा पश्चात् अन्त्येष्ठि फोरम अध्यक्ष उपेन्द्र, सद्भावना अध्यक्ष राजेन्द्र र तमसपा अध्यक्ष महेन्द्रसहित हजारौंद्वारा श्रद्धाञ्जली

दैनिक समाचारदाता

राजविराज÷जारी मधेश आन्दोलनका क्रममा गत शनिबार र आइतबार गरि सप्तरीमा चारजनाको मृत्यु भएपछि शनिबार उनीहरुको शवयात्रा पश्चात् अन्त्येष्ठि गरिएको छ । 
शवयात्रा पश्चात् चारै जनाको शव परिवारलाई जिम्मा लगाइएको र अन्त्येष्टि गरिएको मोर्चाले जनाएको छ । 
शवयात्राका क्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश सद्भावना पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादवसहित हजारौं जनताले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
मृतकहरुको पार्थिव शरिर शनिबार एक घण्टा राजविराजस्थित गजेन्द्र चौकमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । 
चारैजनाको शव शनिबार धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानबाट पोष्टमार्टम गरि सप्तरीको भारदह, हनुमाननगर, मंसापुर, तोपाहुँदै राजविराजस्थित गजेन्द्र चौकमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यसपश्चात् शवयात्रा रुपनी, कल्याणपुर, लहान पुनः राजविराजहुँदै कोशी ब्यारेजमा अत्येष्टि गरिएको छ । 
गत शनिबार सप्तरीको भारदह, रुपनी र राजविराजमा आन्दोलनका क्रममा डाढा गाविसका बलिया बथनाहा निवासी २२ वर्षिय बिरेन्द्र राम, जमुनी मधेपुरा ९ छपकी निवासी २७ वर्षिय नागेश्वर यादवको मृत्यु भएको थियो भने जमुनी मधेपुरा ४ परसाही टोलका २० वर्षिय शिबशंकर दासको आन्दोलनकै क्रममा करेन्ट लागि र राजविराज नगरपालिका १ निवासी ४० वर्षिय दिलिप कुमार साहको घरमै बसिरहेको अवस्थामा प्रहरीको गोली लागि मृत्यु भएको थियो । 
यता पोष्टमार्टमको विषयमा भएको विवादका कारण शव ल्याउन केही ढिलाई भएको थियो । राजविराज १ निवासी साहलाई गोली नलागेको भनी सुरक्षा निकायले लिएको अडानले गर्दा उनको धरानमा चिकित्सकको विशेष टोलीले पुनः पोष्टमार्टम गरेको थियो ।
पोष्टमार्टमका क्रममा साहको टाउँकोमा एउटा सानो र अर्को दुई वटा ठुलो मेटलको गोली पाइएको थियो । पुनः दोहो¥याएर पोष्टमार्टम गर्दा पनि टाउकोमा गोली लागेको पुष्टि भएपछि करिब ९ बजेमात्र धरानबाट शवहरुलाई सप्तरीका लागि प्रस्थान गरिएको थियो ।
यस्तै गजेन्द्र चौकमा राखिएको शवलाई अन्तिम श्रद्धाञ्जली मोर्चा निकट तिन पार्टीका केन्द्रिय अध्यक्षसहित सदभावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साह, संघिय समाजवादी फोरम नेपालकी केन्द्रिय उपाध्यक्ष रेणु कुमारी यादव, फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद यादव, सदभावना पार्टीका केन्द्रिय सदस्यहरु दिपेन्द्र चौधरी, दिनेश यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य जय प्रकाश ठाकुर, नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य जय प्रकाश सिंह, सदभावना पार्टीका जिल्ला अध्यक्ष एवं मधेशी मोर्चा सप्तरीका संयोजक सुनिल कुमार झा, मोर्चाका नेता सत्यनारायण यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, संघिय समाजवादी फोरम नेपालका अध्यक्ष दिनेश कुमार यादव, नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष सिबु यादव, नेकपा माओवादीका जिल्ला संयोजक जय प्रकाश यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, विद्यार्थी मंचका केन्द्रिय सदस्य एवं युवा विद्यार्थी मोर्चाका जिल्ला संयोजक शम्भु कुमार यादव, विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य एवं युवा विद्यार्थी मोर्चाका सहसंयोजक तारकेश्वर प्रसाद यादव, सदभावना पार्टीका नगर संयोजक अमरकान्त झा, रामसपाका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, उपाध्यक्ष सतिश कुमार सिंह, मधेश रक्षा बाहिनी प्रमुख बिनोद कुमार यादव, महिला मंचकी केन्द्रिय कोषाध्यक्ष पुनम यादव, सदभावना पार्टी क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, फोरम नेपाल क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष नवनित झा लगायतका विभिन्न नेता तथा कार्यकर्ताहरुले अन्तिम श्रद्धाञ्जली अपर्ण गरेका थिए । 
त्यस्तै सप्तरीको सदरमुकाम राजविराजबाट चारै जनाको शव हजारौको जनसागर बिचमा शवयात्रा रुपनी हुँदै कठौना, कडरबोना, कल्याणपुरको विसनपुर, कुशहा, कदमाहा हुँदै सिरहाको लहानस्थित शहिद रमेश चौकमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो । 
सोही क्रममा जिल्लाको कल्याणपुर ३ स्थित विसनपुरमा आम मुलनिवासी मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष मो.इस्लामले चार वटै विर शहिदहरुप्रति अन्तिम श्रद्धाञ्जली अपर्ण गरेका थिए । यता अन्तिम श्रद्धाञ्जली दिनका लागि राजविराजमा हजारौं मोटरसाईमल, बोलेरा, मारुती भ्यान, बस, ट्याक्टर सहितको सवारी साधनमा जिल्लाको विभिन्न गाविसको टोल टोलबाट हजारौ जनमानसको भीड समेत लागेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट