News Category 2072/08/17

सिमांकन नै वार्ताको बटमलाइन ः उपेन्द्र यादव

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १६ मंसिर । 
संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त लोकतान्त्रिक मेधशी मोर्चा आफ्नो मागप्रति अधिकतम लचकता अपनाएको दाबी गर्नुभएको छ । 
मधेशी पत्रकार संघ सप्तरीको आयोजनामा बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले लचकताको सवालमा ११ बुँदे मागलाई कुनामा राखेर विगतमा भएको ८ बुँदे सम्झौतालाई नै कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले विगतमा भएको सो सम्झौता पनि अधिकतम लचकतामै भएको सरकारलाई स्मरण समेत गराउनुभयो । 
एक अर्को प्रङ्गमा उहाँले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारसँग वार्ताका क्रममा प्रस्तुत गरेको ११ बुँदे प्रस्तावबारे सत्ता पक्ष र प्रतिपक्षीले कुनै जानकारी नभएको भन्नु हास्यास्पद भएको बताउनुभयो । ११ बुँदे प्रस्तावको सबैभन्दा महत्वपूर्ण बुँदा सिमांकन रहेको यादवकले जिकिर गर्नुभयो ।
अध्यक्ष यादवले सरकारसँगको तेश्रो वार्तामै ११ बुँदे प्रस्ताव पेश गरेपनि पछिल्लो वार्तामा सत्ता पक्ष र प्रतिपक्षी नेताहरुले यसबारेमा जानकारी नभएको भन्नुले उनीहरुको स्मरण एकदमै कमजोर भइसकेको टिप्पणी गर्नुभयो । 
समावेशिता, जनसंख्याको आधारमा प्रतिनिधित्व, नागरिकता र भाषा अहिलेको प्रमुख एजेण्डा भएको उहाँले उल्लेख गर्नुभयो । नागरिकताको सवालमा बोल्दै उहाँले विदेशी नागरिकलाई नागरिकता दिलाउने पक्षमा मोर्चा नरहेको स्पष्ट पार्नुभयो ।
सरकारले वार्ताको नाममा नाटक गरिरहेको बताउँदै उनले यो नाटक मंचन बन्द गरी समस्या समाधानतर्फ आउन सुझाव दिए । 
यसअघि अध्यक्ष यादवले प्रहरी दमनको बिरुद्व आन्दोलनमा उत्रेका सप्तरीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग भेट गर्नुभएको थियो । विगत १० दिनदेखि आन्दोलनरत स्वास्थ्यकर्मीहरुसँग भेट गर्दै यादवले आन्दोलनप्रति एक्यबद्वता समेत जनाउनुभयो । 
अस्पतालभित्रै पसेर कुटपिट गरिएको कार्यप्रति घोर भत्र्सना गर्दै यादवले यो अपराध नभएर महाअपराध भएको उल्लेख गर्नुभयो । युद्ध भएका् ठाउँमा पनि चिकित्सकलाई केहि नगरिने तर, अनैतिकताको राज्य नेपालमा अस्पतालभित्रै पसेर चिकित्सकलाई कुटपिट गरिने कार्य भएको जिकिर गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट